Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाह र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाह र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदै
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता हुँदैछ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे हुने भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि विभिन्न महत्वपूर्ण विषयमा सहमति तथा सम्झौता हुने कार्यक्रम छ । भेटवार्तापछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा केही विकास आयोजनाको उद्घाटन गर्नेछन् । त्यसलगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । उनले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटसमेत गर्ने कार्यक्रम छ । त्यसअघि प्रधानमन्त्री शाहले बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन् । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन् । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह आजै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी
Latest NewsJust now

देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी

रुपन्देही । नेपाली कांग्रेसको देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज दाङको भालुवाङमा सुरु हुँदैछ। अधिवेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद, विमलेन्द्र निधिलगायतका नेताहरू दाङ आउने... ...

रातोपाटी
पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी
Latest NewsJust now

पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान फलाएका छन्। पुर्ख्यौली खेतीकिसानीलाई निरन्तरता दिँदै आएका उनले गौरिया जातको धानबाट चामल उत्पादन गरी वार्षिक चार लाख... ...

रातोपाटी
पाँचौँ पटक म्याद थप्दा पनि अधुरै प्रशासकीय भवन
Latest NewsJust now

पाँचौँ पटक म्याद थप्दा पनि अधुरै प्रशासकीय भवन

नवराज नेपालीबागलुङ, मङ्सिर ७ गते । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन... ...

गोरखापत्र
भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई ज्ञवालीको सुझाव
Latest NewsJust now

भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई ज्ञवालीको सुझाव

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा दुई देशबीच बढेको अविश्वास अन्त्य गर्दै सम्बन्ध सुधारलाई प्राथमिकता दिन सुझाव दिनुभएको छ । भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै ज्ञवालीले पछिल्लो समय नेपाल र भारतबीच आपसी विश्वासको संकट देखिएको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री शाहले पहल गर्नुपर्ने बताउनुभएको हो । गत वर्ष सेप्टेम्बरका घटनाक्रम, त्यसपछि सम्पन्न निर्वाचन र नयाँ सरकार ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement