Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन मंसिर ६ मा दिल्ली जाने, भोलिपल्टै फर्कने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन मंसिर ६ मा दिल्ली जाने, भोलिपल्टै फर्कने
Photo / Coverage: विश्वखबर

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको मिति र तालिका निश्चित भएको छ । प्रधानमन्त्री शाह आगामी मंसिर ६ मा भारतको राजकीय भ्रमणमा जाने र भोलिपल्टै स्वदेश फर्कने गरी भ्रमण कार्यक्रम तय भएको समाचार सार्वजनिक भएको छ । समाचारअनुसार प्रधानमन्त्री बालेनको भारत भ्रमण दुई दिनमा सीमित हुने भएको छ । यससँगै भारत भ्रमण कहिले हुने भन्ने द्विविधा पनि हटेको छ । यसअघिसम्म मङ्सिर पहिलो हप्ता भारत भ्रमणमा जाने भनिए पनि मिति र तालिका निश्चित भएको थिएन । समाचारका अनुसार प्रधानमन्त्री बालेन मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नेछन् । त्यस्तै भोलिपल्ट अपराह्न ४ः२० बजे निगमकै नियमित उडानबाट नेपाल फर्कने कार्यक्रम छ । भ्रमणको औपचारिक घोषणा र अन्तिम तालिका भने अझै सार्वजनिक हुन बाँकी छ । भ्रमणको तयारी तथा आवश्यक समन्वयका लागि पर्यटनमन्त्री गणेश पौडेल मंगलबार दिल्ली जाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने चर्चा थियो । तर छोटो समयमै उच्चस्तरीय भेटघाट र द्विपक्षीय छलफल सकेर फर्कने गरी भ्रमण छोट्याइएको बताइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
Latest NewsJust now

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १ सय ३५ खेलमा ९४ गोल गरेका छन् । उनले चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिप खेलेका थिए । ...

कान्तिपुर
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे
Latest NewsJust now

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे

लमजुङ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। साेमबार लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय... ...

रातोपाटी
बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु
Latest NewsJust now

बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु

• बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। • दुर्घटना सोमबार बिहान अटोको ब्रेक फेल भएर ९०० मिटर तल भिरमा खस्दा भएको हो। • घटनामा एक व्यक्ति हराइरहेको र प्रहरी टोली घटनास्थलमा अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
रौतहटमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु
Latest NewsJust now

रौतहटमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु

रौतहट । रौतहटमा स्कुटर अनियन्त्रित भएर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे दुर्घटनामा परेको हो। तीव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play