Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

प्रदर्शनमा आयो अनमोलको ‘बाटुलो जून’, बुकिङ राताम्मे

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रदर्शनमा आयो अनमोलको ‘बाटुलो जून’, बुकिङ राताम्मे
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अनमोल केसी अभिनीत फिल्म ’बाटुलो जून’ प्रदर्शनमा आएको छ। फिल्म आज (बिहीबार)देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो। प्रदर्शनको पहिलो दिन बिहानैदेखि फिल्मले दर्शकको राम्रो साथ पाएको छ। काठमाडौं उपत्यकासहित चितवन, बुटवललगायतका सहरमा फिल्मका शोमा दर्शकको उपस्थिति उत्साहजनक देखिन्छ। बिहीबार बिहानैका कतिपय शो हाउसफुल भएका छन् भने अन्य शोमा पनि अकुपेन्सी उच्च देखिएको छ। बिहानका शोमा देखिएको दर्शकको चाप दिउँसो र बेलुकाका शोमा पनि कायम रहने संकेत देखिएको छ। बेलुकासम्मका शोमा समेत अग्रिम बुकिङ बलियो देखिन्छ। बुकिङमा सिटहरू क्रमश: भरिँदै जाँदा फिल्मको बुकिङ राताम्मे हुँदै गएको छ। कतिपय शो शोटाइमअघि नै हाउसफुल देखिएका छन्। यो फिल्मले प्रदर्शनअघि नै दर्शकमाझ राम्रो हाइप बनाएको थियो। फिल्मको हाइपलाई मध्येनजर गर्दै मल्टिप्लेक्सहरूले पनि फिल्मलाई राम्रो शो उपलब्ध गराएका छन्। The post प्रदर्शनमा आयो अनमोलको ‘बाटुलो जून’, बुकिङ राताम्मे appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडकपेटीबाट नर्सरीको सफलतासम्म हरिशरण
Latest NewsJust now

सडकपेटीबाट नर्सरीको सफलतासम्म हरिशरण

मकवानपुर।सडकको छेउमा एउटा टोकरी। टोकरीमा तरकारीका सानासाना बिरुवा। उमेरले किशोरावस्थामै रहेका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौंडाको सडकपेटीमा पुग्थे। दिउँसो ४ः०० बजे विद्यालय छुट्थ्यो। त्यसपछि उनको अर्को पाठशाला सुरु हुन्थ्यो–माटो, बिरुवा र ग्राहकको व्यवहार बुझ्ने पाठशाला। त्यो २०४५ सालतिरको कुरा हो। हेटौंडाको राप्ती रोडमा रात्रिकालीन बसहरू चल्थे। सडकमा मानिसको आवतजावत बाक्लिँदै जान्थ्यो। हरिशरण भने द्वारिका र प्रेम श्रेष्ठको घर ...

नेपालन्युज
महत्वपूर्ण खेलमा पोखरालाई युवराजको साथ, लगातार दोस्रो अर्धशतक प्रहार
Latest NewsJust now

महत्वपूर्ण खेलमा पोखरालाई युवराजको साथ, लगातार दोस्रो अर्धशतक प्रहार

पोखरा एभेन्जर्सका युवा ओपनिङ ब्याटर युवराज साम्राले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन तीनमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् । उनले विराटनगर किंग्सविरुद्ध लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युवराजले ३२ बलमा ५ चौका र २ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । युवराजले अघिल्लो खेलमा पनि विस्फोटक शतकीय पारी खेलेका थिए । महत्वपूर्ण ...

फरकधार
युवराज सामरा उत्कृष्ट लयमा, विराटनगरविरुद्ध पनि पूरा गरे अर्धशतक
Latest NewsJust now

युवराज सामरा उत्कृष्ट लयमा, विराटनगरविरुद्ध पनि पूरा गरे अर्धशतक

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा पोखरा एभेन्जर्सका युवा ब्याट्सम्यान युवराज सामराले आफ्नो शानदार लयलाई निरन्तरता दिँदै अर्धशतक प्रहार गरेका छन्। यसअघि कर्णाली याक्सविरुद्ध ऐतिहासिक शतक प्रहार गरेका सामराले विराटनगर किङ्ग्सविरुद्धको खेलमा पनि टोलीको इनिङ्स सम्हाल्दै अर्धशतक पूरा गरेका हुन्। टस जितेर पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले ९.४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६४ रन बनाएको छ। एकतर्फबाट ...

केन्द्रबिन्दु
भाइटिकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
Latest NewsJust now

भाइटिकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन हिजो काठमाण्डौ उपत्यकामा निःशुल्क रूपमा सञ्चालन गरेको बस सेवाबाट २ हजार ४८६ जनाले यात्रा गरेका छन् । भाइटीकाका दिन सार्वजनिक यातायात न्यून चल्ने भएकाले यात्रुको आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले रिङरोड (चक्रपथ) र भक्तपुर गरी दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्रको बस सेवा हिजो बिहान ८ बजेदेखि बेलुका ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play