Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

प्रचण्डको टिप्पणी- नेपालको भाषा र संस्कृतिको उद्गमस्थल कर्णाली नै राज्यबाट उपेक्षित भयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रचण्डको टिप्पणी- नेपालको भाषा र संस्कृतिको उद्गमस्थल कर्णाली नै राज्यबाट उपेक्षित भयो
Photo / Coverage: पर्दाफास

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भाषा, इतिहास र संस्कृतिको उद्गमस्थल कर्णाली राज्यबाटै लामो समय उपेक्षामा परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘कर्णाली, उपेक्षा र उज्यालो’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको भाषा, संस्कृति र इतिहासको जननी मानिने खस प्रदेश अर्थात् सिञ्जा उपत्यका र कर्णाली क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताएका हुन् । उनले सामान्यतः कुनै पनि देशले आफ्नो भाषा, संस्कृति र इतिहासको उद्गमस्थललाई विकास निर्माण तथा सांस्कृतिक संरक्षणमा प्राथमिकता दिनुपर्ने भए पनि नेपालमा त्यसको ठीक उल्टो भएको बताए । उनले भने, ‘जहाँबाट नेपालको भाषा, इतिहास र संस्कृतिको उद्गम भयो, त्यही ठाउँ नै राज्यद्वारा धेरै वर्षसम्म उपेक्षित भयो र अन्यत्र नै बढी ध्यान केन्द्रित गर्ने कोसिसहरू भयो ।’ प्रचण्डले कर्णाली क्षेत्रले जनयुद्ध र राजनीतिक परिवर्तनमा ठूलो योगदान दिएको उल्लेख गर्दै त्यहाँका उत्पीडित वर्ग, दलित, गरिब, मजदुर, किसान तथा महिलाको सहभागिता उल्लेखनीय रहेको बताए । विशेषगरी कर्णालीका दलित महिलाहरू विद्रोहको अग्रपङ्क्तिमा उभिएको उनको भनाइ थियो । उनले कर्णालीले गरेको ऐतिहासिक योगदानलाई राज्य र मूलधारका बौद्धिक समुदायले उचित रूपमा स्थापित गर्न नसकेको आरोप लगाए । कर्णालीका उत्पीडित समुदायले गरेको त्याग र बलिदानकै कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको भए पनि त्यसको ऐतिहासिक महत्त्वलाई स्वीकार गर्न कतिपय पक्ष तयार नभएको उनले बताए । प्रचण्डले राजनीतिक परिवर्तनपछि नेपाली जनता रैतीबाट सार्वभौम अधिकार सम्पन्न नागरिकमा रूपान्तरण हुनु ठूलो उपलब्धि भएको उल्लेख गरे । विकासलाई भौतिक पूर्वाधारमा मात्रै सीमित गरेर हेर्न नहुने भन्दै उनले नागरिकको चेतना, राजनीतिक अधिकार र निर्णय प्रक्रियामा सहभागितालाई पनि विकासको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गरे । उनले कर्णालीसहित राज्यबाट उपेक्षित क्षेत्रको विकास र समृद्धिका लागि सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको बताए । आफू पहिलोपटक गणतान्त्रिक सरकारको नेतृत्वमा पुगेपछि मध्यपहाडी लोकमार्ग र पूर्व–पश्चिम तथा उत्तर–दक्षिण जोड्ने सडक करिडोर निर्माणलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । उनले सडक सञ्जाल विस्तारले कर्णालीका उत्पादनलाई अन्य क्षेत्रमा पु¥याउन र अन्य क्षेत्रका उत्पादन कर्णालीसम्म ल्याउन सहज भएको बताए । ‘जुम्लाको स्याउ वा हुम्लाको उत्पादन तराईमा ल्याउने वा तराईको अन्नबाली त्यहाँ पु¥याउन अब त्यति ठूलो महाभारत छैन,’ उनले भने । कर्णालीको समृद्धिका लागि कर्णाली–चिसापानी १० हजार ८०० मेगावाटको आयोजना, तिला–१ र तिला–२ आयोजना अघि बढाउन पहल गरिएको पनि उनले बताए । त्यस्तै हिल्सा–सुर्खेत सडक निर्माणलाई चीनको सहयोगमा अघि बढाउने विषयमा सैद्धान्तिक समझदारी भएको उनले उल्लेख गरे । उनले वर्तमान सरकारको कामकारबाहीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै देशमा पत्रकार, कर्मचारी तथा राजनीतिक नेताहरूको अवस्थासमेत अनिश्चित बन्दै गएको टिप्पणी गरे । उनले भने, ‘भ्रष्टाचारमाथि सुशासनको पक्षमा अभियान चलाइराखेको बेलामा, हामीभन्दा भ्रष्टाचारका विरुद्ध लड्नेभन्दा भ्रष्टाचारी बलिया रहेछन नेपालमा, बिचौलियाहरू बलिया रहेछन नेपालमा ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्व सुरक्षा योजनाअन्तर्गत धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन
OthersJust now

चाडपर्व सुरक्षा योजनाअन्तर्गत धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन

तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले शनिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । उनका अनुसार तिहारका बेला जुवातास, पटका पड्काउने, आगलागीलगायतका घटना नियन्त्रणमा विशेष ध्यान दिइएको छ । शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका ...

पर्दाफास
नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैन : प्रकाशमान सिंह
OthersJust now

नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैन : प्रकाशमान सिंह

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको बताएका छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको १५ औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले राजधानी केन्द्रित राजनीति गर्ने र जिल्लाको ठेक्का लिने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने स्पष्ट पारे । नेता… ...

अनलाइन खबर
शशांक कोइरालाले भने– गगन थापालाई गाली नगरौं, उनको आफै महत्त्व घट्छ
OthersJust now

शशांक कोइरालाले भने– गगन थापालाई गाली नगरौं, उनको आफै महत्त्व घट्छ

कोइरालाले प्रश्न गर्दै भने, ‘तपाईं जति गाली गर्नु हुन्छ, त्यत्ति महत्व उसको बढ्छ । त्यसैले उसको कुरै नगरौं । किन भने कुरा गर्‍यो भने उसको महत्व बढ्छ ।’ ...

अनलाइन खबर
नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट
OthersJust now

नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

तिहारै आयो लौ झिलिमिली सुन हजुर भैलिनी आइन आँगन’ जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’ को यो गीत गाउँ, सहरमा गुञ्जिन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्किन थालेको पनि २५ वर्ष नाघिसक्यो । आज पनि यो गीतको चार्म, वजन, चर्चा र उचाइमा कमी आएको छैन र तीन पुस्ताले यो गीत गाइसकेका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play