Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुण्डा र्‍याली

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुण्डा र्‍याली
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत् ११४७ को अवसरमा आज सुकुण्डा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवत्को नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । नेपाल संवत् नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत् हो । विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ । कांग्रेस महानगर समितिले आयोजना गरेको र्‍यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो । र्‍यालीले नेपाल संवत्को ऐतिहासिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउवाको प्रश्न, ‘१८ करोड दिएर पार्टी किनिदियो रे, पैसामा पार्टी बेच्ने हामीले ?’
PoliticsJust now

देउवाको प्रश्न, ‘१८ करोड दिएर पार्टी किनिदियो रे, पैसामा पार्टी बेच्ने हामीले ?’

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको चलखेल भएको भन्ने आरोपप्रति प्रश्न उठाएका छन् । उनले पैसाको लेनदेन गरेर पार्टीको आधिकारिकता किनिएको भन्ने आशय व्यक्त गर्दै आफूहरूले पैसामा पार्टी नबेच्ने बताएका छन् । शनिबार काठमाण्डुको राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको काठमाण्डु जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै […] ...

काठमाण्डुपाटी
गगनमाथि कटाक्ष : ‘ओलीको खुट्टा ढोग्न जानुभयो, देउवालाई भेटेको भए आशीर्वाद पाउनुहुन्थ्यो’
PoliticsJust now

गगनमाथि कटाक्ष : ‘ओलीको खुट्टा ढोग्न जानुभयो, देउवालाई भेटेको भए आशीर्वाद पाउनुहुन्थ्यो’

काठमाण्डु – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगनकुमार थापामाथि कटाक्ष गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको खुट्टा ढोग्न गएको बताएका छन् । शेरबहादुर देउवा समूहको काठमाण्डु जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले थापाले पूर्वसभापति शेरबहादुर देउवालाई भेट्न गएको भए आशीर्वाद पाउने टिप्पणी गरे । ‘गगनजी केपी ओलीजीका खुट्टा ढोग्न गएको मान्छे, शेरबहादुर देउवाजीलाई ढोग्न […] ...

काठमाण्डुपाटी
एनपिएलमा चम्किँदै वार्नर, प्रहार गरे पहिलो अर्धशतक
PoliticsJust now

एनपिएलमा चम्किँदै वार्नर, प्रहार गरे पहिलो अर्धशतक

अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा पहिलो अर्धशतक प्रहार गरेका छन् । काठमाडौं गोर्खाजबाट खेलिरहेका वार्नरले लुम्बिनी लायन्सविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका हुन् । उनले ३३ बलमा ८ चौका र १ छक्काको मद्दतमा आफ्नो पहिलो एनपीएल अर्धशतक बनाएका छन् । लुम्बिनीविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले उत्कृष्ट सुरुवात गरेको छ । १० ...

फरकधार
एनपिएलको मैदानबाट विश्वभर फैलिँदै नेपाली पर्यटनको चर्चा
PoliticsJust now

एनपिएलको मैदानबाट विश्वभर फैलिँदै नेपाली पर्यटनको चर्चा

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको प्रचारसँगै विदेशी खेलाडीको नेपाल आगमन र उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका सामग्रीमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने विश्वास गरिएको छ । एनपिएल खेल्न नेपाल आएका विदेशी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play