काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनायो। काठमान्डुका लागि ओपनर डेभिड वार्नरले अर्धशतक प्रहार गर्दै ६६ रनको योगदान दिए। अर्का ओपनर साहिल पटेलले ३८ रन जोडे। टोलीको इनिङ्स उकास्ने क्रममा सहान अरच्चिगेले आक्रामक ब्याटिङ गर्दै ३४ रनमा अविजित रहे। काठमान्डुले पावरप्लेको ६ ओभरमा ४५ रन जोडेको थियो। लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पलमान, शेर मल्ल र अभिषेश गौतमले दुई-दुई विकेट लिएका छन्।
वार्नरको अर्धशतकमा काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालन्युज






