Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

चाडपर्व सुरक्षा योजनाअन्तर्गत धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्व सुरक्षा योजनाअन्तर्गत धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन
Photo / Coverage: पर्दाफास

तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले शनिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । उनका अनुसार तिहारका बेला जुवातास, पटका पड्काउने, आगलागीलगायतका घटना नियन्त्रणमा विशेष ध्यान दिइएको छ । शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको समयमा एम्बुसिङ टोलीसमेत परिचालन गरिएको उनले बताए । चाडपर्वमा धेरै मानिस घर छाडेर गाउँ तथा अन्य स्थानमा जाने भएकाले चोरीका घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको उनको भनाइ छ । डिएसपी खनालले घर छाडेर बाहिर जानुपर्दा नजिकको प्रहरी युनिट, छिमेकी वा आफन्तलाई जानकारी गराउन र सम्भव भएसम्म घरको रेखदेख गर्ने व्यक्ति राख्न नागरिकलाई आग्रह गरे । त्यस्तै, भीडभाड हुने स्थान तथा सार्वजनिक कार्यक्रममा जाँदा अत्यधिक महँगा सुनका गहना र बहुमूल्य सामग्री नलगाउन पनि उनले अनुरोध गरे । यसले लुटपाट तथा चोरीका घटनाबाट जोगिन सहयोग पुग्ने उनले बताए । उनले भने, ‘तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरी धनुषामा १,२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको निगरानी टोली खटाइएको छ । तिहारमा जुवातास, पटका, आगलागी तथा चोरी नियन्त्रणमा विशेष ध्यान दिइएको छ। साथै, घर छाडेर बाहिर जाँदा नजिकको प्रहरी युनिट, छिमेकी वा आफन्तलाई जानकारी गराउन र सार्वजनिक स्थानमा बहुमूल्य गरगहना लगाएर नहिँड्न प्रहरीले नागरिकलाई आग्रह गरेको छ ।’ चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा परिचालनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी
OthersJust now

कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी

२१ कात्तिक, बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले अहिले विभाजित नेपाली कांग्रेस समयक्रममा एकजुट हुने बताएका छन् । उनले भविष्यमा दुई पार्टी एक हुने भएकाले अहिले एकअर्काविरुद्ध नराम्रो टिप्पणी र गालीगलौज नगर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी सभापति गगन थापालाई विद्यार्थी जीवनदेखि नै नजिकबाट चिनेको बताउँदै भण्डारीले उनी कहिल्यै गलत नभएकोले पार्टीलाई एकजुट… ...

अनलाइन खबर
लागूऔषध र झैझगडा कमी गराउनेबारे सुरक्षा निकायसँग सांसद खनालको छलफल
OthersJust now

लागूऔषध र झैझगडा कमी गराउनेबारे सुरक्षा निकायसँग सांसद खनालको छलफल

१२ कात्तिक, काठमाडौं । रास्वपा सांसद केपी खनालले आफ्नो निर्वाचन क्षत्रेको शान्ति सुरक्षाबारे प्रहरी र जिल्ला प्रशासनसँग छलफल गरेका छन् । निर्वाचन क्षेत्र कैलाली पुगेका उनले पूर्वी क्षेत्री लम्कीमा बढ्दै गएको आगूऔषध सेवन, कुलत र झैझगडा कमी गर्नका लागि प्रहरी नेतृत्व र प्रमुख जिल्ला अधिकारीसहितसँग छलफल गरेका हुन् । कम उमेरकै युवाहरू दुव्र्यसनीमा फस्दै जाने… ...

अनलाइन खबर
शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?
OthersJust now

शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?

२१ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिंडेका छन् । विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा बक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै उठेर हिंडेका हुन् । कार्यक्रम जारी रहदा गृहमन्त्री गुरुङ बाहिरिएपछि आयोजक अलमलमा पर्‍यो । उनले शुभकामना आदनप्रादन कार्यक्रम राखेपछि आफूलाई स्टेजमा मात्रै… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play