Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पौने ६ लाखले छाडिसके काठमाडौं उपत्यका

पौने ६ लाखले छाडिसके काठमाडौं उपत्यका

Share:WhatsAppFacebookX (Twitter)Telegram
पौने ६ लाखले छाडिसके काठमाडौं उपत्यका

काठमाडौं।दशैंको टीका नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट गाउँघर फर्किनेको लर्को लागेको छ। घटस्थापनादेखि मंगलबारसम्म ५ लाख ७६ हजार ५७८ जना उपत्यका छाडिसकेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन्। रोजगारी, अध्ययन र व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका नागरिक दशैं मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि प्रमुख नाका र बसपार्कमा यात्रुको चाप बढेको छ। उपत्यका छाड्नेमा पुरुषको संख्या बढी छ। ट्राफिक प्रहरीका अनुसार घर फर्किने यात्रुमध्ये ३ लाख ४८ हजार ८२३ जना पुरुष र २ लाख २७ हजार ७५५ जना महिला छन्। नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको छ। दशैं नजिकिँदै जाँदा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप थप बढ्ने देखिएको छ। यात्रुको चापसँगै सम्भावित दुर्घटना न्यूनीकरण र आवागमन सहज बनाउन ट्राफिक प्रहरीले निगरानी बढाएको छ। उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार चाडपर्वका बेला यात्रुको सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ। लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था र चालकको स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रहरीले यात्रु तथा चालक दुवैलाई सावधानी अपनाउन आग्रह गरेको छ। दशैं परिवारसँग भेटघाट, खुसी साटासाट र परम्परा मनाउने पर्व भएकाले उपत्यकाबाट बाहिरिने क्रम हरेक वर्ष बढ्ने गर्छ। राजधानी छाड्नेको लर्कोसँगै उपत्यकाका सडक र बस्तीमा भने क्रमशः चहलपहल घट्दै जाने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

जटिल प्रसूति समस्या देखिएपछि जाजरकोटकी १७ वर्षीया किशोरीको सेनाद्वारा हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति समस्या देखिएपछि जाजरकोटकी १७ वर्षीया किशोरीको सेनाद्वारा हवाई उद्धार

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पु¥याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ। निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो। राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले आपत्कालीन सहयोग आवश्यक ...

केन्द्रबिन्दु
कर्णाली याक्सका ज्ञानेन्द्र मल्ललाई प्रश्न- उपाधि जित्ने रणनीति त बनाउनुभयो, तयारी कस्तो छ? (भिडिओ)
ताजा खबरJust now

कर्णाली याक्सका ज्ञानेन्द्र मल्ललाई प्रश्न- उपाधि जित्ने रणनीति त बनाउनुभयो, तयारी कस्तो छ? (भिडिओ)

कर्णाली याक्स यो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्ने रणनीतिमा मैदान उत्रिने तयारीमा छ।  एनपीएलका लागि काठमाडौमा तयारी गरिरहेको कर्णालीले अहिलेसम्म ३ जना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ।  कर्णाली याक्सका क्रिकेट निर्देशक तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल यसपालि ३ जना विदेशी खेलाडी अनुबन्ध गर्ने बताउँछन्।  स्याङसनको कारणले खेलाडी अनुबन्ध... ...

नेपालखबर
महाकाली पारिको त्यो टापु, जहाँ बाढीसँगै बदलियो बाँच्ने तरिका
ताजा खबरJust now

महाकाली पारिको त्यो टापु, जहाँ बाढीसँगै बदलियो बाँच्ने तरिका

धनगढी। महाकाली नदी पारिको नेपाल अर्थात् कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकालाई बर्सेनि बाढीले सताउने गर्दछ । वर्षायाममा नदीको पानी बढेपछि यहाँका मानिसको जीवन पनि पानीसँगै अस्थिर हुन्छ । खेत डुब्छ, बाटो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play