Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पोर्तुगलमा सामूहिक म्हः पूजा तथा नेपाल संवत् ११४७ स्वागत कार्यक्रम हुने

पोर्तुगलमा सामूहिक म्हः पूजा तथा नेपाल संवत् ११४७ स्वागत कार्यक्रम हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोर्तुगलमा सामूहिक म्हः पूजा तथा नेपाल संवत् ११४७ स्वागत कार्यक्रम हुने

लिस्बन । नेवाः समुदायको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पोर्तुगल नेवाः खलःले सामूहिक म्हः पूजा तथा नेपाल संवत् ११४७ स्वागत कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी नोभेम्बर ९, सोमबार लिस्बनस्थित लिस्बन कन्भेन्सन हलमा दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा पोर्तुगलमा रहेका नेपाली समुदायको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रममा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेवाः समुदायको मौलिक परम्परा म्हः पूजाले आत्मसम्मान, सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गर्ने मान्यता बोकेको छ । नेपाल संवत्को नयाँ वर्षसँगै आयोजना हुने कार्यक्रमले प्रवासमा नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै समुदायबीच एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । पोर्तुगल नेवाः खलःका अध्यक्ष राजेश जोशीले आर्थिक अवस्थाका कारण कोही पनि सांस्कृतिक कार्यक्रममा सहभागी हुनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताउनुभयो । आयोजकले पोर्तुगलमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

प्राधिकरणले भन्यो- शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहनू
ताजा खबरJust now

प्राधिकरणले भन्यो- शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहनू

बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकोे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।  प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ।  अर्णव चक्रवातको प्रभावले कोस... ...

नेपालखबर
काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा
ताजा खबरJust now

काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा

दाङ । दाङमा अवैध रूपमा चोरी तस्करी गर्न लागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार राप्ती... ...

रातोपाटी
चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै
ताजा खबरJust now

चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबिच प्रतिस्पर्धा हुने भएको छ । मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा राम... ...

रातोपाटी
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग
ताजा खबरJust now

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग

ताप्लेजुङ । ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मिर्गौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play