Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पोखरामा ‘पल्सर आरपिएम’

पोखरामा ‘पल्सर आरपिएम’

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा ‘पल्सर आरपिएम’

काठमाडौं । युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रिटकल्चरलाई एउटै मञ्चमा जोड्दै ‘पल्सर आरपिएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ । पोखरा रंगशालास्थित अन्नपूर्ण स्केटपार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बिएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुने र कार्यक्रममा प्रवेश निःशुल्क रहने कम्पनीले जनाएको छ । आयोजकका अनुसार काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न संस्करणपछि पोखरा पुग्न लागेको पल्सर आरपिएमले यसपटक शहरका युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै मञ्चमा ल्याउनेछ । बुटवलमा करिब २५ सय जनाको सहभागिता रहेको कार्यक्रमले पोखरामा पनि उत्साहपूर्ण सहभागिताको अपेक्षा गरेको छ । कार्यक्रममा पल्सर एन १६० मार्फत् रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ । साथै बिएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केटर क्यालिस्थेनिक्सका गतिविधिले कार्यक्रम थप आकर्षक बनाउनेछन् । स्थानीय डिजे तथा ग्राफिटी कलाकारले आफ्नो कला प्रस्तुत गर्नेछन् भने पल्सर एन १६० र एनएस २०० मोटरसाइकल प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना पनि रहेको छ । सहभागीले पप-अपस्टोर, खाना, कफी र अन्य गतिविधिको अनुभव लिन सक्ने बताइएको छ । पल्सर आरपिएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मञ्च पनि हो । विभिन्न खेल, कला र संगीतमा सक्रिय युवा जोड्दै पोखराको युवा संस्कृति र स्थानीय प्रतिभा थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार
ताजा खबरJust now

डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार

काठमाण्डु – डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी सुरुङ खनेर फरार भएका छन् । कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी गिरीसहितको टोली कारागार पुगेको छ […] ...

काठमाण्डुपाटी
एनपीएल भइरहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न
ताजा खबरJust now

एनपीएल भइरहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न

काठमाडौँ । नेपाल प्रिमियर लिग भइरहेको त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ । निरन्तरको वर्षापछि मैदान जलमग्न भएको हो । जसकारण आज हुन लागेको लुम्बिनी लायन्स र चितवन राइनोज तथा सुदूरपश्चिम... ...

रातोपाटी
'मिडिया धरपकड प्रकरण' छानबिन गर्न सरकारसँग विशेष माग गर्छु : प्रकाशचन्द्र परियार
ताजा खबरJust now

'मिडिया धरपकड प्रकरण' छानबिन गर्न सरकारसँग विशेष माग गर्छु : प्रकाशचन्द्र परियार

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचारका विषयमा समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गरेका छन्। शुक्रबार साँझको घटनाविरुद्ध विज्ञप्ति जारी गरी रास्वपा सचेतक परियारले राज्यको शक्तिशाली संगठन प्रहरीको शैली 'पुलिस स्टेट' उ... ...

नेपालखबर
बृहत् ग्रन्थ मुकुन्डोनाच
ताजा खबरJust now

बृहत् ग्रन्थ मुकुन्डोनाच

वीणा जोशी (राजभण्डारी) को पाँच दशकको निरन्तर साधना र मेहनतले विसं २०८२ मा प्रकाशित बृहत् ग्रन्थ हो– ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ । एक हजार चार सय पृष्ठको यो ग्रन्थ जोशीको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play