पोखराबाट काठमाडौं आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते

काठमाडौं । धादिङमा दुर्घटनामा परेको माइक्रो बसले किच्दा एक जना पैदलयात्रीको मृत्यु भएको छ। घटनामा माइक्रोमा सवार अन्य ९ जना यात्रु पनि घाइते भएका प्रहरीले जनाएको छ। गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा शनिबार साँझ पोखराबाट काठमाडौं आउँदै गरेको बा।प्र।०१(००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको हो। सडकबाट तल खसेको गाडीले सडकमा हिँडिरहेका स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई च्याप्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट उद्धार गरी उपचारका लागि अघिकारीलाई बैरेनी अस्पताल पठाइएको थियो। उपचारकै क्रममा गएराति पौने नौ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। गाडीमा चालकसहित १० जना सवार रहेकामा ९ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ भने हाइस चालकलाई प्रहरी चौकी बैरेनीको नियन्त्रणमा लिएको छ। बैरेनी अस्पतालमा उपचारका लागि पठाइएका घाइतेहरु १. जिल्ला लमजुङ मध्यनेपाल न.पा.८ बस्ने बर्ष ३० को सजन गुरुङ२. जिल्ला सोलुखुम्वु महाकुलुङ गा.पा.१ बस्ने बर्ष अं.३१ को चन्द्र नाछिरिङ राई३. जिल्ला स्याङ्जा अर्जुन चौपारी गा.पा. ४ बस्ने बर्ष २७ को नवराज चौलागाई४. ऐ. ऐ. बस्ने बर्ष अं. २३ को युवराज पौडेल५. जिल्ला सोलुखुम्वु महाकुलुङ गा.पा.३ बस्ने बर्ष २९ को भरत राई६. जिल्ला भोजपुर रामप्रसाद राई गा.पा.१ बस्ने बर्ष २३ को सुरेन्द्र तामाङ काठमाडौं ट्रमा सेन्टरमा रिफर गरिएका घाइतेहरु: ७. जिल्ला कास्की पोखरा म.न.पा.३१ बस्ने बर्ष तिला नेपाली८. जिल्ला स्याङ्जा अर्जुन चौपारी गा.पा.४ बस्ने बर्ष ३३ कि सुनिता राई९. जिल्ला कास्की मादी गा.पा.११ बस्ने बर्ष ३९ को राज कुमार ढकाल
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अमेरिकामा 'करी' भित्र्याउने भारतीय सेफ, जो पछि रहस्यमय रूपमा हराए
काठमाडौँ । सन् १९०१ मा एक भारतीय सेफले अमेरिकामा सम्भवतः पहिलो भारतीय रेस्टुराँ खोलेका थिए । रञ्जी स्माइल अमेरिकी खानपानको क्षेत्रमा प्रभाव पार्ने सबैभन्दा रोचक र रहस्यमय व्यक्तित्वमध्ये एक थिए... ...

खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा (तस्बिरहरू)
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो ।... ...

एनपीएल : आज जनकपुर र पोखरा भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुनेछन् । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो । पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम ...

‘अब आफ्नै जग्गाको मालिक भयौँ’
सन्तोष दहितदाङ, कात्तिक १५ गते । “अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दु... ...


