Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेल, १ अर्ब ५२ करोडको आयोजना अघि बढाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेल, १ अर्ब ५२ करोडको आयोजना अघि बढाइँदै
Photo / Coverage: टक्सार

पोखरा । प्रकृति, संस्कृति र शाहसिक पर्यटनको अनुपम संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले महत्वाकांक्षी आयोजना अघि बढाएको छ । पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने गरी १ अर्ब ५२ करोड रुपैयाँ लागतको आयोजना अगाडि बढाउन लागिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाअनुसार वडा नम्बर ६ स्थित फेवाताल क्षेत्रबाट शुरु हुने उक्त ट्रेलले पोखराका नौवटै ताललाई आपसमा जोड्नेछ । साइकल लेनसहित निर्माण हुने ट्रेल सम्पन्न भएपछि पर्यटकले साइकल तथा अन्य सवारीसाधनमार्फत पोखराका सबै तालसम्म सहजै पुग्न सक्नेछन् । आयोजना कार्यान्वयनमा आएपछि ओझेलमा परेका ताल तथा आसपासका पर्यटकीय क्षेत्रसमेत चलायमान हुने महानगरको अपेक्षा छ । यसले पोखरा आउने पर्यटकको बसाइ अवधि कम्तीमा दुई दिन थप लम्ब्याउन विशेष भुमिका खेल्ने मेयर आचार्यले बताए । उनकाअनुसार पर्यटकलाई फेवातालमा मात्रै सिमित नराखी पोखराका अन्य ताल तथा पर्यटकीय गन्तव्यसम्म पु¥याउन यो आयोजना महत्वपूर्ण हुनेछ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकिएको उल्लेख गर्दै मेयर आचार्यले यहाँको प्राकृतिक सम्पदा, संस्कृति र शाहसिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्न महानगरले प्राथमिकताका साथ काम गरिरहेको बताए । उनकाअनुसार आफू महानगर प्रमुखमा निर्वाचित भएर आएपछि ३३ अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजना अघि बढिरहेका छन् । उनले भने, “पोखरा नेचर, कल्चर र एडभेन्चरको शहर हो । यही विशेषताका कारण पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हौँ । पोखरामा रहेका नौवटै ताललाई साइकल ट्रेल र सडक सञ्जालमार्फत जोड्ने यो योजना दिगो पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुनेछ ।” मेयर आचार्यले निर्वाचनका बेला नै पोखराका सबै ताललाई साइकल तथा अन्य सवारीसाधनको माध्यमबाट आपसमा जोड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । आफ्नो कार्यकालको अन्तिम चरणमा उक्त प्रतिवद्धताअनुसारको गौरवको आयोजना कार्यान्वयनको दिशामा अघि बढ्न लाग्दा आफू उत्साहित भएको उनले बताए । पोखराका ताल, प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यलाई एउटै सञ्जालमा जोड्ने यो आयोजना सम्पन्न भएपछि पर्यटकको बसाइ अवधि बढ्नुका साथै ताल आसपासका क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । यसले स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा आधारित उद्यमलाई समेत नयाँ अवसर सिर्जना गर्ने विश्वास महानगरले लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भूउपयोग नीतिमा सुधार
Latest NewsJust now

भूउपयोग नीतिमा सुधार

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीले त्रिशूली आसपासका बस्तीमा ठुलो मानवीय र भौतिक क्षति पग्यो । बाढीले कतिपय बस्ती र भौतिक पूर्वाधारको अस्तित्वसमेत नरहने गरी... ...

गोरखापत्र
पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने
Latest NewsJust now

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । चितवनको मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवतजावत गर्ने भागमा गर्डर राख्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने काम सुरक्षित रूपमा सम्पन्न गर्न सडक बन्द गर्न ...

विश्वखबर
एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै
Latest NewsJust now

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स भिड्दै छन्।  पहिलो खेल दिउँसो साढे १२ सुरु हुनेछ। यसपछि साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ। पहिलो... ...

नेपालखबर
मलेखु-मुग्लिङ सडकखण्ड आज ३ घण्टा बन्द हुने
Latest NewsJust now

मलेखु-मुग्लिङ सडकखण्ड आज ३ घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ।  यो सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।  नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play