Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने
Photo / Coverage: विश्वखबर

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । चितवनको मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवतजावत गर्ने भागमा गर्डर राख्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने काम सुरक्षित रूपमा सम्पन्न गर्न सडक बन्द गर्न लागिएको हो । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिने उनले जानकारी दिए । सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न र ट्राफिक नियम पालना गर्न आयोजनाले आग्रह गरेको छ । सडक बन्द हुँदा यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति आयोजनाले क्षमासमेत मागेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा
Latest NewsJust now

यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा

काठमाडौँ, कात्तिक १६ गते । पुरुष यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेक... ...

गोरखापत्र
ट्रयाक खुलेको २६ वर्षपछि सिंधुवा–आहाले चार किलोमिटर कालोपत्र हुँदै
Latest NewsJust now

ट्रयाक खुलेको २६ वर्षपछि सिंधुवा–आहाले चार किलोमिटर कालोपत्र हुँदै

धनकुटाको सिंधुवाबाट महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर जोड्ने १२ किलोमिटर सडकमध्ये चार किलोमिटर खण्डका लागि ११ करोड ९ लाख रुपैयाँको ठेक्का लागेको छ। ...

कान्तिपुर
काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै
Latest NewsJust now

काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णाली याक्सलाई ब्याटिङका लागि बोलाएका हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play