Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की। पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय लगानी वृद्धि तथा पर्यटन, सूचना प्रविधि र व्यापारका क्षेत्रमा सहकार्यका बारेमा छलफल भएको छ। थाइल्यान्डको उद्योग मन्त्रालयका सल्लाहकार दीपेन्द्र देसार नेतृत्वको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफल तथा अन्तरक्रियामा द्विपक्षीय सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो। थाइल्यान्डमा लामो समयदेखि बस्दै आउनुभएका नेपालीमूलका देसार सूचना प्रविधि, पर्यटन तथा आयात–निर्यात व्यवसायमा संलग्न छन्। उनले पोखराका उद्योगी व्यवसायीलाई थाइल्यान्डको बजारसम्म पुग्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभा गौतमले थाइल्यान्डका साना तथा मझौला व्यवसायका उत्पादन नेपाली बजारमा भित्र्याउने र नेपाली उत्पादनलाई थाइल्यान्डमा थप बजार उपलब्ध गराउने विषयमा सहकार्य गर्न सकिने बताए। नेपालबाट थाइल्यान्डमा गलैँचा, मासु, स्टेसनरी सामग्रीलगायतका वस्तु निर्यात हुँदै आएको उल्लेख गर्दै उनले नेपाली उत्पादनको निर्यात बढाउन गुणस्तर अभिवृद्धिमा सहयोग गर्न थाइ प्रतिनिधिमण्डलसँग आग्रह गरे। ‘बौद्धमार्गी थाइल्यान्ड र बुद्धको जन्मभूमि नेपालबीच पर्यटन आदानप्रदान विस्तारको ठूलो सम्भावना छ। यहाँका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदालाई थाइल्यान्डको पर्यटन बजारसँग जोड्न सके दुवै देश लाभान्वित हुनसक्छ’, अध्यक्ष गौतमले भने। अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा रहेको पोखरा र आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय होटलका चेनहरू स्थापित भइसकेको उल्लेख गर्दै अध्यक्ष गौतमले थाइ व्यवसायीलाई यहाँ होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न र पर्यटन क्षेत्रमा लगानी गर्न सङ्घले सहजीकरण गर्ने बताए। छलफलका क्रममा थाइ प्रतिनिधिमण्डलले दुवै देशका व्यवसायीलाई सहभागी गराएर बिजनेस एक्सपो आयोजना गर्ने प्रस्ताव गरेको थियो। प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै अध्यक्ष गौतमले पोखरा उद्योग वाणिज्य सङ्घ यस्तो कार्यक्रम आयोजना गर्न इच्छुक र सक्षम रहेको बताए। कार्यक्रममा थाइल्यान्डको उद्योग मन्त्रालयका सल्लाहकार देसारले आफ्नो भ्रमणको उद्देश्य दुई देशका व्यवसायीबीच दीर्घकालीन सम्बन्ध स्थापना गर्नु रहेको बताए। उनले थाइल्यान्ड सरकारको उद्योग मन्त्रालयका सल्लाहकारका रूपमा नेपाली उत्पादनलाई थाइल्यान्डको बजारसम्म पुर्याउन सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘हामी पर्यटन र सेवा क्षेत्रमा पनि सहकार्य गर्न सक्छौँ। थाइ लगानी नेपाल भित्र्याउन सहजीकरण गर्नुका साथै थाइ उत्पादन नेपाल आयात गर्ने व्यवसायीलाई पनि सहयोग गर्न तयार छौँ’, उनले भने। अन्तरक्रियामा सङ्घका पदाधिकारी तथा सदस्यहरूले दुई देशबीच व्यावसायिक साझेदारी विस्तार गर्न सकिने क्षेत्र, लगानीका अवसर र सहकार्यका सम्भावनाबारे आगामी दिनमा समेत छलफल र सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

हिवाँरी डाँडा
ताजा खबरJust now

हिवाँरी डाँडा

यो पर्यटकीय स्थल सडक पहुँचको विकास तथा पर्यटकीय पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ...

हाम्राकुरा
विषालु च्याउ खुवाएर तीन जनाको हत्या गर्ने महिलालाई अब आजीवन कारावास
ताजा खबरJust now

विषालु च्याउ खुवाएर तीन जनाको हत्या गर्ने महिलालाई अब आजीवन कारावास

अस्ट्रेलिया । विषालु च्याउ मिसाएर खाना खुवाउँदै तीन जनाको हत्या गरेकी एरिन प्याटरसनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । पुनरावेदन अदालतले यसअघि सुनाइएको सजाय अपराधको गम्भीरताका तुलनामा अपर्याप्त रहेको ठहर... ...

रातोपाटी
यी ६ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
ताजा खबरJust now

यी ६ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।  जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उप... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play