Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली याक्स पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली याक्स पराजित
Photo / Coverage: नेपालन्युज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। आज सम्पन्न आफ्नो पाँचौं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। दुई सय १८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्सले १८ दशमलव तीन ओभरमा सब विकेट गुमाएर एक सय ५४ रन बनायो। दुई सय १७ रन बनाउने क्रममा पोखराका लागि युवराज सम्राले शतकीय पारी खेले। उनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए। त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्का प्रहार गर्दै ६२ रन बनाए। कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे। महेदी हसन पाँच रनमा र सन्नी विक तीन रनमा आउट भए। बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए। यस्तै मार्क वाटले एक विकेट लिए। जवाफी ब्याटिङ गर्ने क्रममा कर्णाली याक्सका लागि पवन शर्राफले ३२, अरिफुल स्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ तथा सूर्य तामाङले १३ रन बनाए। बलिङतर्फ पोखरा एभेन्जर्सका लागि मेहदी हसनले तीन, धनन्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले दुई–दुई विकेट लिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कमल ऐरीको बलमा बोल्ड भए डेभिड वार्नर
Latest NewsJust now

कमल ऐरीको बलमा बोल्ड भए डेभिड वार्नर

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा काठमाडौं गोर्खाजका स्टार ब्याटर डेभिड वार्नर एक रनमै आउट भएका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमाडौंले सुरुवाती ओभरमै महत्त्वपूर्ण दुई विकेट गुमाएको हो। वार्नर ६ बलमा एक रन बनाएर कमल ऐरीको बलमा बोल्ड भएका थिए। उनी काठमाडौंका दोस्रो विकेटका रूपमा आउट भएका हुन्। यसअघि ...

केन्द्रबिन्दु
दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु
Latest NewsJust now

दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु

कर्णाली । गुराँस गाउँपालिका १ दैलेखस्थित काफलतोलीमा भएको जिप दुर्घटनामा परी घाईते भएका घाइते छ मध्ये दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका ७ का २२ वर्षीय चालक योगेश सिम्खडा, सोही पालिका वडा नं. ६ का ४१ वर्षीय यात्रु रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । घाइते दुवैको उपचारका ...

केन्द्रबिन्दु
कोप-३१ को उच्चस्तरीय पूर्ण बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी
Latest NewsJust now

कोप-३१ को उच्चस्तरीय पूर्ण बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा साेमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) को पूर्ण बैठकको उद्घाटन सत्रमा सहभागिता जनाएका छन् । नोभेम्बर ९... ...

रातोपाटी
इरानसँगको युद्ध फेरि सुरु हुने सम्भावना ‘अत्यन्त न्युन’ रहेको ट्रम्पको भनाइ
Latest NewsJust now

इरानसँगको युद्ध फेरि सुरु हुने सम्भावना ‘अत्यन्त न्युन’ रहेको ट्रम्पको भनाइ

• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको लडाइँ फेरि सुरु हुने सम्भावना 'अत्यन्त कम' रहेको बताएका छन्। • इरानी परराष्ट्रमन्त्रीले अमेरिकी निर्वाचनको प्रभावका कारण शान्ति वार्ता रोकिएको बताएका छन्। • ट्रम्पले इरानमाथि आर्थिक दबाबले उनीहरूलाई अमेरिकी सर्त स्वीकार गर्न बाध्य पार्ने विश्वास व्यक्त गरेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play