Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

कर्णाली । गुराँस गाउँपालिका १ दैलेखस्थित काफलतोलीमा भएको जिप दुर्घटनामा परी घाईते भएका घाइते छ मध्ये दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका ७ का २२ वर्षीय चालक योगेश सिम्खडा, सोही पालिका वडा नं. ६ का ४१ वर्षीय यात्रु रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । घाइते दुवैको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विक बताए । कालीकोटदेखि विषादी सेवनको बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको बलेरो जिप आज काफलतोलीमा दुर्घटना हुँदा सार्की र सिम्खडासहित छ जना घाइते भएका थिए । घाइते १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, जादुकला सार्की र २७ वर्षीय कैसी सार्कीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डुको छैटौँ विकेट गुम्यो
Latest NewsJust now

काठमाण्डुको छैटौँ विकेट गुम्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजले छैटौँ विकेट गुमाएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डुले १७.४ ओभरमा १५९... ...

रातोपाटी
सवारी दुर्घटनामा ८ जनाको मृत्यु
Latest NewsJust now

सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं । कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ । यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प […] ...

लोकपथ
सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ -मधु आचार्य
Latest NewsJust now

सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ -मधु आचार्य

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताएका हुन् । उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play