काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी विराटनगर किङ्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ब्याट्सम्यान युवराजसिंह सामराले अर्धशतक बनाएका छन् ।क्यानडाका २० वर्षीय बायाँहाते ओपनर ब्याट्सम्यान सामराले ३२ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । यसअघि, उनले जारी एनपीएलमा शतक पनि बनाएका थिए । उनी एनपीएलको तेस्रो संस्करणमा शतक बनाउने पहिलो र एकमात्र खेलाडी पनि हुन् । उनले कर्णाली याक्सविरुद्धको खेलमा केवल ४८ बलको सामना गरी ६ छक्का र १० चौकाको मद्दतले एक सय दुई रन बनाएका थिए । उनी जारी एनपीएलमा अर्धशतक बनाउने १५ औं खेलाडी हुन् । त्यसमध्ये दुई ब्याट्सम्यान काठमान्डु गोर्खाजका रासिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई–दुई अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जस जिती पहिले ब्याटिङको निर्णय लिएको पोखरा एभेन्जर्सले १० ओभरको समाप्तिमा तीन विकेट गुमाएर ७० रन बनाएको छ । The post पोखरा एभेन्जर्सका युवराजसिंह सामराले बनाए अर्को अर्धशतक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
पोखरा एभेन्जर्सका युवराजसिंह सामराले बनाए अर्को अर्धशतक

Read Complete Original Article
Published originally on कर्पोरट खबर






