Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त
Photo / Coverage: नेपालन्युज

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःखः व्यक्त गरेका छन्। सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाउनु परेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताएका छन्। उनले भनेका छन्, “एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ। यस दुःखद् घडीमा ज्यान गुमाउनु हुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।” सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, “दुर्घटनामा परी घाइते हुनु भएका सम्पूर्ण नागरिकको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।” उनले घाइतेको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइते
Latest NewsJust now

बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइते

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६, बुडोलडाँडा दुई वटा बस एक-आपसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन्।  बिहीबार धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकामध्ये २१ जनालाई बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल लगिएको छ।... ...

नेपालखबर
हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान
Latest NewsJust now

हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान

काठमाडाैँ । कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक रहेको बताएकी छन्। उनले यसका लागि अनुदानमा... ...

रातोपाटी
बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम
Latest NewsJust now

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

काठमाडौं । विश्वका ७० प्रतिशत देशमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली विस्तार भए पनि विपद्को उच्च जोखिममा रहेका मुलुक र समुदाय अझै प्रभावकारी चेतावनीको पहुँचबाट टाढा रहेको पाइएको छ । पूर्वसूचना प्रणालीको विस्तारले विपद्बाट हुने मानवीय क्षति घटाउन सहयोग पुर्‍याए पनि जोखिममा रहेका समुदायसम्म यसको पहुँच सुनिश्चित गर्न चुनौती कायमै रहेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण ...

केन्द्रबिन्दु
सोनिया गान्धीको आत्मकथामा आधारित चलचित्र बन्ने
Latest NewsJust now

सोनिया गान्धीको आत्मकथामा आधारित चलचित्र बन्ने

भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको आत्मकथा ‘बिलन्गिङ : अ जर्नी अफ लभ’ मा आधारित रहेर तेलुगु भाषाको चलचित्र निर्माण हुने भएको छ। तेलङ्गाना प्रदेश कांग्रेस कमिटी (टीपीसीसी) का कार्यकारी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play