पेन्सनपट्टा बनाउन काठमाडौं जान नपर्ने भएपछि भोजपुरका शिक्षकलाई राहत

भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका प्राथमिक शिक्षक ज्ञानबहादुर खडका पेन्सन पट्टा बनाउन काठमाडौं जानु पर्ने अवस्थामा थिए । तर शिक्षा विकास तथा समन्वय इकाईबाट नै ई-पेन्सन पट्टाको व्यवस्था सुरु भएपछि उनी सहितका शिक्षकलाई राहत मिलेको छ । जनज्योति आधारभूत विद्यालयबाट अवकाश शिक्षक खडकालाई इकाईले पहिलो ई-पेन्सन पट्टा उपलब्ध गराएको थियो । सामुदायिक विद्यालयका शिक्षकहरूका लागि भोजपुरमा ई–पेन्सन पट्टा दिन सुरु गरिएको हो । राष्ट्रिय किताब खाना (शिक्षक) शाखाले शिक्षकका लागि कोशी प्रदेश र पहाडी जिल्लाहरूमा पहिलो पटक भोजपुरबाट ई–पेन्सन सेवा सुरु गरेको राष्ट्रिय किताब खाना (शिक्षक) शाखाका कर्मचारी गणेश श्रेष्ठले बताए । उनले भने प्रदेश र पहाडी जिल्लामा पहिलो जिल्लाका रूपमा भोजपुरबाट सेवा सुरु भएको छ । ई–पेन्सनको परीक्षण सफल भएकाले यसलाई विस्तार गरिँदै लगिएको छ । अहिलेसम्म अवकाशपछि पेन्सनपट्टा प्राप्त गर्न शिक्षकले विद्यालय, स्थानीय तह र इकाई हुँदै किताब खानाको कार्यालयसम्म आउनुपर्ने अवस्था थियो । अब शिक्षकले आफ्ना कागजात इकाईमा बुझाएपछि त्यहीँबाट पेन्सनपट्टा प्राप्त गर्न सक्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख निवास न्यौपानेले जानकारी दिए । निजामती कर्मचारीका लागि गत चैतदेखि ई–पेन्सन सुविधा लागू गरिएको छ । अवकाशपछि कागजात बोकेर शिक्षक तथा कर्मचारी काठमाडौं आउँदा खर्चिलो र झन्झटिलो हुने गरेको गुनासो बढेपछि शिक्षकहरूमा समेत यो सेवा सुरु गरिएको छ । ‘अहिलेसम्म अवकाश भएपछि विद्यालय, पालिका, इकाई हुँदै किताब खानामा आएर पेन्सनपट्टा बन्थ्यो,’ यशोधरा माविका प्रअ विष्णु कुमार राईले भने, ‘जिल्लाबाट नै सेवा लिने अवसर शिक्षकलाई मिल्यो, यसले अवकाशप्राप्त शिक्षकहरूलाई राहत मिलेको छ ।’
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

जो सडकमा ज्यान गुमाउँछन्, तर तथ्याङ्कमा पर्दैनन्
सरकारी तथ्याङ्कअनुसार नेपालका सडकमा दैनिक करिब ७ जनाको मृत्यु हुन्छ, तर विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले यो सङ्ख्या २३ रहेको देखाउँछ। यो केवल तथ्याङ्कीय भिन्नता होइन, हाम्रो संस्थागत असफलताको डरलाग्दो चित्र हो। ...

धनुषामा श्रीमतीको हत्या, श्रीमान् मृत फेला
धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ भने श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूको चार वर्षीय छोरा घाइते अवस्थामा फेला परेका छन् । गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा फेला परेको छ । उक्त स्थानबाट १ किलोमिटर टाढा मिथिलेश्वरस्थित ससुरालीमा ...

बिग बोस : प्रतियोगीको हर्कत देखेर किन झोक्किए रोहित शेट्टी ?
सलमान खानले सञ्चालन गर्दै आएको ‘बिग बोस २०’ अहिले चर्चामा छ । यसपटकको ‘वीकेन्डका वार’मा रोहित शेट्टीले कार्यक्रम सञ्चालन गरेका थिए । उनले स्काउट र लव गिलबीचको निकटतालाई लिएर प्रश्न उठाउँदै उनीहरूलाई सचेत गराए । काश्वीले लवलाई सोधिन् प्रश्न ‘वीकेन्डका वार’को एउटा प्रोमो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा स्काउटकी प्रेमिका काश्वी बिग… ...

चितवनमा दसैंमा घट्यो सवारी दुर्घटना
८ कात्तिक, नारायणगढ (चितवन) । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना… ...


