धादिङ । धादिङको गल्छी गाउँपालिका–४ बेल्खुस्थित पृथ्वी राजमार्गमा दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। गएराति करिब ९ः३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ बेल्खु निवासी ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिएको थियो। ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनापछि प्रहरीले शव घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
पृथ्वी राजमार्गमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






