पुल नहुँदा किसानको उत्पादन बारीमै कुहिने समस्या समाधान गर्ने सुधन गुरुङको प्रतिबद्धता

गोरखा । सडक र पुलको अभावमा कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्याउन नसक्दा किसानले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउने र बजारसम्म पुर्याउनसमेत कठिनाइ हुने समस्याले कृषकको मेहनत खेर जाने गरेको छ। यस्तै समस्याबाट पीडित गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयले गृहमन्त्री सुधन गुरुङसँग आफ्नो समस्या राखेका छन्। मतदाता भेटघाटका क्रममा गोरखाको गण्डकी गाउँपालिका पुग्नुभएका गृहमन्त्री गुरुङसँग स्थानीयले पुलको अभावका कारण कृषि उत्पादनको बजारीकरणमा समस्या भइरहेको गुनासो गरेका हुन्। स्थानीयका अनुसार यातायातको सहज पहुँच नहुँदा किसानले उत्पादन गरेका तरकारी समयमै बजारसम्म पुर्याउन कठिन हुने गरेको छ। जसका कारण तरकारीले उचित मूल्य नपाउने र कतिपय अवस्थामा बिक्री हुन नसक्दा बारीमै कुहिएर जाने अवस्था रहेको उनीहरूले बताएका छन्। कृषकले दिनरात मेहनत गरेर उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन नसक्नु र उत्पादनको उचित मूल्य नपाउनु आफूहरूका लागि ठूलो समस्या बनेको स्थानीयको गुनासो छ। पुलको अभावले कृषि उत्पादनको बिक्री वितरणमा मात्र नभई स्थानीयको दैनिक आवागमन र समग्र आर्थिक गतिविधिमा समेत असर परेको उनीहरूले बताएका छन्। स्थानीयका समस्या र गुनासा सुनेका गृहमन्त्री गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिएको छ। पुल निर्माणको प्रक्रिया अगाडि बढेकाले अबको केही समयमै स्थानीयले भोग्दै आएको समस्या समाधान हुने उनले प्रतिबद्धता व्यक्त गरे । पक्की पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज हुनुका साथै कृषकले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट कृषकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न र कृषि पेसालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। वर्षौंदेखि पुलको अभावका कारण विभिन्न समस्या भोग्दै आएका स्थानीयले पक्की पुल निर्माणको प्रक्रिया अघि बढेको जानकारीसँगै आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन्। The post पुल नहुँदा किसानको उत्पादन बारीमै कुहिने समस्या समाधान गर्ने सुधन गुरुङको प्रतिबद्धता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

आर्थिक लेखक तथा पत्रकार रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित
काठमाडौँ । शब्दयात्रा प्रकाशनले लेखन तथा पत्रकारिताको क्षेत्रमा योगदान दिएबापत आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ। शब्दयात्रा प्रकाशनले शनिबार बनेपास्थित आफ्नै सभाकक्षमा... ...

सत्ताको सुनौलो वाचा र विवेकको परीक्षा
सरकार वा पार्टीले आलोचकलाई झन्झट ठान्दा उनीहरूलाई सोध्नुपर्छ: नागरिकको भूमिका ताली बजाउनुमा सीमित छ ? लोकप्रियताले जवाफदेही हुनु नपर्ने छुट दिन्छ? ...

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
• सिन्धुपाल्चोकको जुगल-२ हिमालमा स्पेनका तीन पर्वतारोहीले पहिलोपटक सफल आरोहण गरेका छन्। • यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। • जुगल गाउँपालिकाले हिमाल आरोहण र पर्यटन प्रवर्द्धनका लागि 'जुगल भ्रमण वर्ष २०८३' सञ्चालन गरिरहेको छ। ...

सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल ५-५ ओभरको हुने भएको छ । सुदूरपश्चिमका विदेशी खेलाडीले मैदान खेल्न योग्य नरहेको बताएर खेल्न तयार नभएपछि टसमा ढिलाई भएको थियो । लामो छलफलपछि म्याच रेफ्रीले खेल नखेलेमा विराटनगर किंग्सलाई २ अंक दिने ...


