पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र इरानमाथि प्रतिबन्ध लगाउने कानुनअन्तर्गत प्रस्तावित प्रतिबन्ध, पाबन्दी तथा भन्सार शुल्क कार्यान्वयनबाट छुट दिने आदेश जारी गरेका छन् । उनको निर्णयले रुसी तेल तथा ग्यास खरिद गर्दै आएका भारत र चीनलाई राहत मिलेको छ । जारी कार्यकारी आदेशमा ट्रम्पले अहिले यस्तो छुट दिनु अमेरिकाको राष्ट्रिय हितमा रहेको बताएका छन् । उनले यससम्बन्धी प्रमाणपत्र अमेरिकी संसद्मा पनि बुझाएका छन् । प्रस्तावित प्रतिबन्ध तथा भन्सार शुल्क कार्यान्वयन हुन एक दिनअघि ट्रम्पले यस्तो निर्णय लिएका हुन् । यो निर्णयलाई रुसप्रति ट्रम्पको नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ । पछिल्लो समय उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सार्वजनिक रूपमा आलोचना गर्दै युक्रेनले नयाँ नेता चयन गर्नुपर्ने सुझावसमेत दिएका थिए । यसअघि गत साता ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकालाई डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गरेका थिए । उक्त सहमतिअनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल पठाउने र त्यसपछि आगामी महिनाहरूमा थप परिमाणमा आपूर्ति गर्ने उल्लेख गरिएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र रुसबीच भएको डिजेल आपूर्ति सम्झौताको आलोचना गरेका थिए । उनले यसलाई अमेरिकाका साझेदारहरूका लागि अनुचित र कमजोर निर्णय भन्दै रुसले युक्रेनमाथि आक्रमण जारी राखेर आफ्नो कृतज्ञता देखाइरहेको आरोप लगाएका थिए । यसअघि रुसबाट कच्चा तेल खरिद गरेको विषयलाई लिएर भारत र अमेरिकाबीच तनाव बढेको थियो । त्यसबेला ट्रम्पले भारतमाथि रुसबाट तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत भन्सार शुल्क लगाएका थिए । उक्त शुल्क पहिलेबाट लागू २५ प्रतिशत प्रतिशोधात्मक शुल्कभन्दा अतिरिक्त थियो । तर, सन् २०२६ को फेब्रुअरीमा अतिरिक्त शुल्क हटाइएको थियो । भारत–अमेरिका व्यापार संरचनाअन्तर्गत प्रतिशोधात्मक शुल्क पनि घटाएर १८ प्रतिशत कायम गरिएको थियो । The post पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दसैँको चहलपहल, गाडीमा यात्रुको चाप
जनार्जन खत्रीसर्लाही, असोज ३१ गते । सर्लाहीमा दसैँको चहलपहल तीव्र रुपमा बढ्न थालेको छ । सडक, बजारमा मानिसको आउजाउ बाक्लिँदै गएको देखिन्छ । काठमाडौँ उपत्यकामा अध्ययन तथा रोजगारीका ल... ...

अफगानिस्तानमा दुई गाडी ठोक्किँदा ४ जनाको मृत्यु, ३ घाइते
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा तीव्र गतिमा रहेका दुई सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। सिन्ह्वाका अनुसार शुक्रबार साँझ कुन्दुज प्रान्तको... ...

एनपीएललाई आईसीसीको आधिकारिक स्वीकृति, विदेशी खेलाडीलाई एनओसी अनिवार्य
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति (स्याङ्सन) प्राप्त भएको जनाएको छ । आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित बोर्डबाट अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्नेछ भने प्रतियोगितालाई निष्पक्ष बनाउन आईसीसीको एन्टी-करप्सन कोड कडाइका साथ लागू गरिने भएको छ । क्यानद्वारा शनिवार त्रिवी क्रिकेट मैदान ...

दशैँको दर्शन र समकालीन समाजको आत्मबोध
दशैँ नेपाली समाजको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मात्र होइन, यो सभ्यताको ऐतिहासिक निरन्तरता, सामूहिक स्मृति, नैतिक चेतना... ...


