Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएललाई आईसीसीको आधिकारिक स्वीकृति, विदेशी खेलाडीलाई एनओसी अनिवार्य

एनपीएललाई आईसीसीको आधिकारिक स्वीकृति, विदेशी खेलाडीलाई एनओसी अनिवार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएललाई आईसीसीको आधिकारिक स्वीकृति, विदेशी खेलाडीलाई एनओसी अनिवार्य

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति (स्याङ्सन) प्राप्त भएको जनाएको छ । आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित बोर्डबाट अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्नेछ भने प्रतियोगितालाई निष्पक्ष बनाउन आईसीसीको एन्टी-करप्सन कोड कडाइका साथ लागू गरिने भएको छ । क्यानद्वारा शनिवार त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा सचिव पारस खड्काले आईसीसीको स्वीकृतिसँगै एनपीएलको गरिमा र विश्वसनियता अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताउनु भयो । आईसीसीको प्रावधानअनुसार प्रतियोगिता शुरु हुनुभन्दा ६ महिनाअघिसम्म कुनैपनि गैरकानूनी वा अस्वीकृत (डिसएप्रुभ्ड) क्रिकेट खेलेका खेलाडी एनपीएल खेल्न योग्य हुने छैनन् । यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीहरूले समेत आफ्नो घरेलु बोर्डसँग समन्वय गरी एनओसीको प्रावधान पूरा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । फ्रेन्चाइज क्रिकेटमा म्याच फिक्सिङ तथा स्पट फिक्सिङको जोखिम उच्च रहने उल्लेख गर्दै क्यानले प्रतियोगिताभर आईसीसीको एन्टी-करप्सन युनिट (एसीयू) को नियम पूर्ण रूपमा कार्यान्वयन हुने स्पष्ट पारेको छ । नेपालमा यससम्बन्धी छुट्टै कानून निर्माणको प्रक्रियामा रहे पनि एनपीएल अवधिभर आईसीसीको अन्तर्राष्ट्रिय आचारसंहिताअनुसार अनुसन्धान र कारबाहीको दायरा तय हुनेछ । यसबाट खेलाडी, टिम मालिक तथा अन्य सरोकारवालाहरू थप शतर्क र जिम्मेवार बन्नुपर्ने क्यानको भनाइ छ । एनपीएलको आधिकारिक टी-२० मान्यता (स्ट्याटस) को विषयमा आईसीसीसँग औपचारिक पत्राचार भइसकेको र आउँदो सोमबारसम्म प्राविधिक स्पष्टता आइसक्ने जानकारी दिइएको छ । यसैगरी प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी दुईदेखि तीन दिनभित्र यसबारे आधिकारिक निर्णय सार्वजनिक गरिने सचिव खड्काले बताउनु भयो । खेलाडी नियमतर्फ प्रत्येक फ्रेन्चाइजले टोलीमा अधिकतम ८ जनासम्म विदेशी खेलाडी अनुवन्ध गर्न पाउनेछन् भने प्लेइङ-११ मा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य रहनेछन् । यसैबीच क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंमा ‘आईसीसी एसिया कन्फ्रेन्स’ आयोजना गर्न लागेको जानकारीसमेत दिएको छ । एशियाका टेस्ट र एसोसिएट राष्ट्रका अध्यक्ष, सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू सहभागी हुने उक्त तीन दिने सम्मेलनले एसियाली क्रिकेटको नीतिगत विकासमा छलफल गर्नेछ । सोही अवसरमा विदेशी प्रतिनिधिहरूलाई एनपीएलको फाइनल खेल अवलोकन गराउँदै नेपाली क्रिकेट र आतिथ्यताको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने क्यानको योजना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

चीन नेपालप्रति किन अनुदार ? नाका बन्देजले व्यापारमा अर्बौंको क्षति, तातोपानी खोल्न अझै आनाकानी
ताजा खबरJust now

चीन नेपालप्रति किन अनुदार ? नाका बन्देजले व्यापारमा अर्बौंको क्षति, तातोपानी खोल्न अझै आनाकानी

• नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा सीमा नाकाको अवरोधले गम्भीर समस्या उत्पन्न गरेको छ, जसले अर्बौं रुपैयाँको कारोबार र उपभोक्ता बजारलाई प्रभावित गरेको छ। • तातोपानी नाका खोल्न चीनको अनिच्छा र सुरक्षा चासोका कारण व्यापारमा थप कठिनाइहरू भोग्नुपरेको छ, जसले व्यवसायी र सरकारी राजश्वमा प्रत्यक्ष असर पारिरहेको छ। • वैकल्पिक नाका कोरला पनि भौगोलिक विकटता र मौसमका कारण समस्यामा परेको ...

नेपालबहस
रोजाइमा परेनन् चिनियाँ भेडाच्याङ्ग्रा
ताजा खबरJust now

रोजाइमा परेनन् चिनियाँ भेडाच्याङ्ग्रा

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असोज ३१ गते । दसैँलाई लक्षित गरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट मुस्ताङको लिजी–नेचुङ (कोरला) नाका हुँदै भित्र्याइने भेडाच्याङ्ग्राको सङ्ख्या यस... ...

गोरखापत्र
हिमेश पन्थको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा
ताजा खबरJust now

हिमेश पन्थको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौँ । कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ । उनलाई लिन ब्युरोको टोली आज बिहान... ...

रातोपाटी
हेमन्त शर्माले धोबीधारा गल्लीमा गरेको त्यो संघर्ष, यो सफलता (भिडियोसहित)
ताजा खबरJust now

हेमन्त शर्माले धोबीधारा गल्लीमा गरेको त्यो संघर्ष, यो सफलता (भिडियोसहित)

काठमाडौँ । हेमन्त शर्मासँग लोकप्रिय गीतहरूको यति ठुलो लाइन छ कि एकसे एक गीतले उनको परिचयलाई फराकिलो बनाइदिन्छन् । २०५७ सालमा ‘ओ प्रिय’ गीतमार्फत सांगीतक क्षेत्रमा औपचारिक पाइला चालेपनि २०५९... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play