काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन, जलविद्युत र कृषि क्षेत्रमा पिपिपी मोडेलमा लगानी गर्न सकिए कोशी प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् । सोमबार विराटनगरमा कोशी प्रदेश सरकार र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारी हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्कीले अहिले पनि लगानी सम्मेलनमा गरिएको प्रतिबद्धता पूरा गर्न नीतिगत भन्दा पनि मनसायगत समस्या रहेको बताए । उनले प्रदेश सरकार निजी क्षेत्रको सहकार्यमा पिपिपी मोडलमा र्पूवाधार विकासमा लगानी गर्न सधै क्रियाशिल रहने जानकारी दिए । कार्यक्रममा कोशी प्रदेशको र्पूवाधार विकासमा पिपिपी मोडल लागू गर्न र लगानी प्रवद्र्धन गर्न प्रदेश लगानी प्राधिकरण र इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारी भएको छ । समझदारी पत्रमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सुनसरीको दुहबी नगरपालिकामा सोलिड वेस्ट म्यानेजमेण्ट प्रोजेक्टमा कर्जा लगानी गर्ने समझदारी पनि भएको छ ।
पिपिपी मोडेलमा लगानी गर्न सकिए कोशीलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ -मुख्यमन्त्री कार्की

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






