Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पानीमा ४०.७४ किलोमिटर मोटरसाइकल चलाए, बनाए नयाँ विश्व कीर्तिमान

पानीमा ४०.७४ किलोमिटर मोटरसाइकल चलाए, बनाए नयाँ विश्व कीर्तिमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पानीमा ४०.७४ किलोमिटर मोटरसाइकल चलाए, बनाए नयाँ विश्व कीर्तिमान

एजेन्सी । चिनियाँ मोटरसाइकल निर्माता कम्पनी जेडएक्समोटोका संस्थापक चाङ सुएले पानीमाथि मोटरसाइकल चलाएर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले विशेष प्रविधिबाट परिमार्जन गरिएको मोटरसाइकलमार्फत पानीको सतहमा ४०.७४ किलोमिटर यात्रा गर्दै यसअघिको ३१.८ किलोमिटरको कीर्तिमान तोडेका हुन्। ३९ वर्षीय चाङले गत अक्टोबर २५ मा मध्य चीनको हुनान प्रान्तस्थित आफ्नो गृहनगर मायाङ मियाओ स्वायत्त काउन्टीको नदीमा उक्त कीर्तिमान बनाएका हुन्। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार चाङले परिमार्जित एमएक्स४५० मोटरसाइकल नदीमा चलाएर पानीमा सबैभन्दा लामो दूरी पार गर्ने कीर्तिमान कायम गरेका हुन्। उद्धार डुंगा र स्वास्थ्यकर्मीको निगरानीमा गरिएको उक्त प्रयासलाई गिनिज वर्ल्ड रेकर्ड्सका अधिकारीहरूले जीपीएस ट्र्याकिङ, समय र भिडियो प्रमाणका आधारमा प्रमाणीकरण गरेका थिए। मोटरसाइकललाई पानीमा तैराउन विशेष फ्लोटेसन उपकरण र वाटरप्रुफिङ प्रविधि जडान गरिएको थियो। सामान्य अवस्थामा उक्त मोडलको मोटरसाइकलको तौल ९८ देखि १०२ किलोग्रामसम्म हुन्छ। कठिन मोड र शारीरिक थकानका बाबजुद चाङले लगातार ६ ल्याप पूरा गर्दै ४०.७४ किलोमिटरको दूरी पार गरेका थिए। गिनिजका निर्णायक सिओङ वेनले घटनास्थलमै उनको कीर्तिमान घोषणा गरेका थिए। चाङले २२ वर्षको उमेरमै पहिलोपटक पानीमा मोटरसाइकल चलाउने प्रयास गरेका थिए। त्यसको १७ वर्षअघि प्रविधिको सीमितताका कारण उनका लगातार चार प्रयास असफल भएका थिए। त्यतिबेला उनले बढीमा २० मिटर मात्रै दूरी पार गर्न सकेका थिए। यसपटकको सफलताका लागि चाङ र उनको टोलीले करिब पाँच महिना लगाएर मोटरसाइकलको तैरिने क्षमता, वाटरप्रुफ सिलिङ र पावर सिस्टममा सुधार गरेका थिए। विश्व कीर्तिमान कायम गरेपछि चाङले आफूले यो सफलता हासिल गर्न सक्नेमा पहिलेदेखि नै विश्वास रहेको बताए। असफल भएको भए पनि प्रयास गर्न नछाड्ने उनको भनाइ थियो। आफ्नै गृहनगरमा विश्व कीर्तिमान बनाउन पाउँदा आफ्नो वर्षौंदेखिको सपना पूरा भएको र उपलब्धि थप अर्थपूर्ण बनेको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपाल-भारत सीमा क्षेत्रको निगरानीमा ड्रोनको प्रयोग बढाइने
ताजा खबरJust now

नेपाल-भारत सीमा क्षेत्रको निगरानीमा ड्रोनको प्रयोग बढाइने

नेपाल-भारत सीमा क्षेत्रमा निगरानीका लागि ड्रोनको प्रयोग बढाइने भएको छ।  काठमाडौंमा सम्पन्न भएको नेपाल-भारत १०औँ समन्वय बैठकमा यसबारे छलफल भएको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलबीच भएको बैठकमा विभिन्न विषयमा सहमति भएको सशस्त्रका प्रवक्ता डीआईजी ने... ...

नेपालखबर
फुलकोर्ट बैठकमा न्यायाधीशले उठाए ४ विषय
ताजा खबरJust now

फुलकोर्ट बैठकमा न्यायाधीशले उठाए ४ विषय

प्रधानन्यायाधीश मनोजकुमार शर्माले बोलाएको बैठकमा सापकोटासँगको भेट, ह्वाट्सएप संवाद, संवैधानिक इजलास र आचारसंहिताबारे अनुसन्धान गर्नुपर्ने आवाज उठ्यो। ...

कान्तिपुर
बागमतीमा मात्रै बैंकको ५२ खर्ब रूपैयाँ निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै
ताजा खबरJust now

बागमतीमा मात्रै बैंकको ५२ खर्ब रूपैयाँ निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै

काठमाडाैँ । मुलुकका सातै प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जामा ठूलो असमानता देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशहरूको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असार मसान्तसम्म बागमती प्रदेशबाट मात्रै ५२ खर्ब ६७ अर्ब २३ करोड रूपैयाँ निक्षेप संकलन गरेका छन् । यो रकम अन्य सबै प्रदेशको तुलनामा निकै बढी ...

टक्सार
आठ हजार मिटरमाथिका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल
ताजा खबरJust now

आठ हजार मिटरमाथिका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल

नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ। यस प्रस्तावलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ पुग्नेछ। विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play