नेपाली राष्ट्रिय क्रिकेट टोली एसिसी राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा समाप्त भएको हो । पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर रहँदा ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलको सामना गर्दै अन्तिम विकेटका रूपमा आफ्नो विकेट गुमाएका थिए । मयनबाहेक बसिर अहमदले ११ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन स...
पाकिस्तानसँग पराजित हुँदै राइजिङ स्टार्स एसियाकपबाट बाहिरियो नेपाल

Read Complete Original Article
Published originally on फरकधार






