पाकिस्तानका हुसैन तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौँ । पाकिस्तानका ‘अलराउन्डर’ हुसैन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलतलाई आज विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो । “पाकिस्तानका अलराउन्डर हुसैन तलत अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,” कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ । हुसैनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तरराष्ट्रिय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले १२ एकदिवसीय खेलमा २२४ रन तथा २३ टी–२० अन्तर्राष्ट्रिय खेलमा ४४१ रन जोडेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा सात विकेट पनि छ । घरेलु तथा विभिन्न ‘फ्रेन्चाइज’ प्रतियोगितामा नियमित खेल्दै आएका तलतसँग टी–२० क्रिकेटमा राम्रो अनुभव छ । अलराउन्डर तलतले अहिलेसम्म २०४ खेलबाट तीन हजार ९५० रन बनाएका छन् । हुसैनले पाकिस्तान सुपर लिग (पिएसएल), बङ्लादेश प्रिमियर लिग (बिपिएल) लगायत प्रतिष्ठित व्यावसायिक लिग खेलिसकेका छन् । अब उनी नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि जोडिँदै छन् । एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

श्रीलङ्काली स्टार अलराउन्डर एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उत्कृष्ट ब्याटिङ, उपयोगी... ...

गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित : मन भने अझै टिमुरेकै थातथलोमा
काठमाडौँ । स्वयम्भूको शान्त डाँडामा बिहानैदेखि बौद्ध मन्त्रका गुञ्जन सुनिन्छन् । हावामा फरफराइरहेका लुङ्दार र घिउका बत्तीहरूको मधुरो सुवासबिच मुस्ताङ गुम्बाको आँगनमा छन्- भोटेकोशी बाढीबाट बिस्थापित टिमुरेका स्थानीय । गत भदौ... ...

धरानमा दसैंमा २६ करोड बढीको खसी–बोका कारोबार
सुनसरी।बडादसैंलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख बराबरको खसी–बोका कारोबार भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसी–बोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। गत वर्ष २०८२ को दसैंमा कृषिउपज बजारबाट २३ करोड बराबरको खसी–बोका कारोबार भएको ...

दसैँको टीकाकै दिन मोरङका दोर्ण पोल्यान्डमा अस्ताए
युरोपेली मुलुक पोल्यान्डमा दसैँको टीकाको दिन एक नेपालीको मृत्यु भएको छ। मोरङ उर्लाबारी, स्कुलडाँडाका ५० वर्षीय दोर्ण प्रसाद गौतमको बुधबार मृत्यु भएको हो। गौतमको निधन सुतेको अबस्थामा भएको सँगै काम गर्ने उनकी बहिनी ज्वाइँ मोरङ रङ्गेलीका राजेश अधिकारीले पुष्टि गरे। राजेश र दोर्ण रोजगारीको सिलसिलामा एकैदिन सन् २०२३ अक्टोबर २ मा पोल्यान्ड आएका थिए। उनको मृत्... ...


