पाकिस्तान–इरान सीमा लगातार चौथो दिन पनि बन्द, हजारौँ मालवाहक गाडी अलपत्र

काठमाडौं । पाकिस्तान र इरानबीचका प्रमुख सीमा नाका बन्द हुँदा दुई देशबीचको व्यापार प्रभावित भएको छ । गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका नाका लगातार चौथो दिन पनि सञ्चालनमा आउन नसक्दा सीमाका दुवैतर्फ हजारौँ मालवाहक गाडी रोकिएका छन् । बलुचिस्तान हुँदै हुने द्विपक्षीय व्यापार ठप्प हुँदा व्यापारीहरू आर्थिक नोक्सानीको जोखिममा परेका छन् । पाकिस्तान र इरानले सीमा बन्द गर्ने निर्णयलाई अस्थायी भने पनि नाका पुनः सञ्चालनमा आउने निश्चित समय भने सार्वजनिक गरेका छैनन् । बलुचिस्तान सरकारका प्रवक्ता तथा मुख्यमन्त्रीका सल्लाहकार शाहिद रिन्दका अनुसार सीमा बन्द गर्नुको उद्देश्य सुरक्षा व्यवस्था मजबुत बनाउनु, तस्करी नियन्त्रण गर्नु र सीमा व्यवस्थापनमा देखिएका समस्या समाधान गर्नु हो । प्रशासनिक समस्या समाधानका लागि प्रयास भइरहेको र चाँडै नाका खुल्न सक्ने उनले बताएका छन् । यता, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले प्राविधिक समस्याका कारण सावधानीस्वरूप सीमा बन्द गर्नुपरेको बताएका छन् । दुवै देशले फरक–फरक कारण प्रस्तुत गरेपछि सीमा बन्द हुनुको वास्तविक कारणबारे थप चासो बढेको छ । सीमा बन्दको प्रत्यक्ष असर व्यापारमा देखिएको छ । ग्वादर च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष शम्सुल हकका अनुसार गबद–रीमदान नाकामा मात्रै पाकिस्तानतर्फ करिब १ हजार ५०० मालवाहक गाडी रोकिएका छन् । ती गाडीमा चामल, आलु र केरालगायतका सामान छन् । इरानतर्फ पनि एलपीजी ग्यास बोकेका करिब ३ हजार कन्टेनर अलपत्र परेको उनले बताएका छन् । बोर्डर ट्रेडर्स एसोसिएसनका अध्यक्ष अब्दुल गफुरले फलफूल र सुक्खा मेवाजस्ता छिट्टै बिग्रने सामान बोकेका गाडी रोकिँदा व्यापारीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएको बताएका छन् । लामो समयसम्म सीमा नखुलेमा सामान बिग्रने र ढुवानी खर्च बढ्ने जोखिमसमेत रहेको छ । सीमा बन्द हुनुअघि अक्टोबर १६ मा पाकिस्तानको वाणिज्य मन्त्रालयले इरानबाट सामान आयात गर्दा प्रयोग हुँदै आएको इलेक्ट्रोनिक इम्पोर्ट फर्मसम्बन्धी विशेष छुट हटाएको थियो । त्यसको केही दिनअघि मात्रै इरानी राष्ट्रपति मसूद पेजेस्कियानको पाकिस्तान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय व्यापारलाई १० अर्ब अमेरिकी डलरसम्म पुर्याउने लक्ष्य व्यक्त गरेका थिए । इरानमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण बैंकिङ प्रणालीमार्फत व्यापारिक कारोबार गर्न कठिनाइ हुँदै आएको छ । त्यसैले सीमा क्षेत्रमा विशेष व्यवस्थामार्फत व्यापार सञ्चालन हुँदै आएको थियो । तर, इरानी सामानको बढ्दो आयात र त्यसले पाकिस्तानी घरेलु उद्योगमा पार्न सक्ने प्रभावका कारण सरकारले आयातसम्बन्धी नीतिमा कडाइ गरेको हुन सक्ने आर्थिक विश्लेषकहरूको धारणा छ । यसैबीच, क्वेटा च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले सरकारी नीति स्पष्ट नभएसम्म इरानबाट नयाँ सामान खरिद तथा आयातका लागि बुकिङ नगर्न व्यापारीहरूलाई आग्रह गरेको छ । सीमा नाका कहिले खुल्ने भन्ने स्पष्ट नहुँदा दुई देशबीचको व्यापारिक सम्बन्धमा थप जटिलता उत्पन्न हुने र त्यसको असर सीमावर्ती क्षेत्रका व्यवसायी तथा उपभोक्तासम्म पुग्न सक्ने देखिएको छ । The post पाकिस्तान–इरान सीमा लगातार चौथो दिन पनि बन्द, हजारौँ मालवाहक गाडी अलपत्र appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन
काठमाडाैँ। जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्। युरोपभर बढ्दो... ...

यू–१९ महिला टी–२० विश्वकपका १५ खेल नेपालमा, भारतसँग पनि भिड्ने
नेपालमा हुने खेल काठमाडौंका दुई मैदानमा विभाजन गरिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ६ वटा खेल हुनेछन् । माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ९ खेल सञ्चालन हुनेछन् । ...

नेपालसँग प्रतिस्पर्धा गर्ने चार टोलीले खेलिसकेका छन् एकदिवसीय विश्वकप
काठमाडौं । नेपालसँग नियमित रूपमा प्रतिस्पर्धा गर्दै आएका चार टोलीले यसअघि नै एकदिवसीय विश्वकप खेलिसकेका छन्। नेदरल्यान्ड्स, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र नामिबियाले विश्वकपको मुख्य प्रतियोगितामा सहभागिता जनाइसकेका हुन्। यीमध्ये नेदरल्यान्ड्सले पाँचपटक, स्कटल्यान्डले तीनपटक र यूएईले दुईपटक विश्वकप खेलेका छन्। नामिबियाले भने सन् २००३ मा पहिलोपटक विश्वकप खेलेको थियो। हाल यी चारै टोली नेपालसँगै सन् २०२७ को एकदिवसीय विश्वकपमा छनोट हुने ...

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित
काठमाडाैँ। फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि देशको महत्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ। हिंसा दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने... ...


