पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ । पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ, झारवाङ, किन्दु, धस्केखोरे, सोभित्ता, भुवानथान, बिरौटा, शिख, हल्लेखर्कको पहिरोको अध्ययन गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खटाएका परामर्शदाता ‘पिपुल इन निड’का भूगर्भविद् लेखप्रसाद भट्टले स्थलगत निरीक्षण, प्रभावितसँग छलफल, नमूना संकलनका साथै ड्रोनको सहायताले पहिरोको अध्ययन गरिएको बताए। “अन्नपूर्ण गाउँपालिकाको माग र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिसका आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाउद्धार गाउँको पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गर्न पठाएको हो”, उनले भने, “पाउद्धारमा बस्ती बसाउन उपयुक्त हुने–नहुने भन्ने विषयमा सुझाव दिनका लागि केन्द्रित भएर अध्ययन गरेका हौँ।” अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, ५ नं वडाका अध्यक्ष राजेश तिलिजा पुन, गाउँपालिकाका प्राविधिक शाखा प्रमुख र भूगर्भविद्को टोलीले १०० मिटरभन्दा बढी लम्बाइमा खसेका करिब ३० वटा पहिरोको अध्ययन गरेका छन् । पाउद्धार गाउँमाथिको पहिरो, बढी चिरा परेको स्थान तथा रुख ढल्केकाले थप जोखिम देखिएको भूगर्भविद् भट्टले बताए । उनका अनुसार प्रारम्भिक रूपमा उक्त पहिरोबाट १५ घर उच्च जोखिममा छन् । गाउँमाथिको र अन्य पहिरोले बस्तीलाई बनाउन सक्ने जोखिमको विषयमा सुझावसहितको विस्तृत प्रतिवेदन गाउँपालिकालाई बुझाउने भट्टले बताए । अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा गत असोज ११ गते पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको थियो । यस्तै, २८ वटा घरमा पूर्ण क्षति भएको वडाध्यक्ष राजेश तिलिजाले बताए। दुई सयभन्दा बढी घर रहेको पाउद्धार गाउँ चारैतिरबाट पहिरोले घेरिएको छ । अन्य बस्तीमा पनि पहिरोको जोखिम उत्तिकै छन् । पाउद्धार जोड्ने सडक अझै अवरुद्ध छ । स्थानीयवासीले श्रमदान गरेर पैदलमार्ग खुलाएका छन् । अस्थायी रूपमा विद्युत् आपूर्ति भएको छ । खानेपानी मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको छ । असोज ११ गते हेलिकप्टरबाट उद्धार गरेर अन्नपूर्ण गाउँपालिका–६ घारस्थित आश्रयस्थलमा लगिएका ११५ जना पाउद्धारवासी पछिल्लो समय आफन्त, छिमेकीको खाली घर र सुरक्षित ठाउँमा टहरा बनाएर बस्न थालेका छन् । शिखको आश्रयस्थलमा रहेका ३५ घरपरिवारमध्ये अधिकांश आफन्तको घरमा सरेका छन् । भूगर्भविद्ले दिने सुझाव र अध्ययन प्रतिवेदनको आधारमा पुनर्निर्माणको काम अघि बढाउने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन्। गाउँपालिकाका अन्य स्थानका पहिरोको पनि भौगर्भिक अध्ययनका लागि पहल भइरहेको उपाध्यक्ष पुनले बताइन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण
निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । ...

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा
जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। ‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विश... ...

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि कालोसूचीमा
काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद... ...

वृद्धाश्रममा आफन्तको प्रतीक्षा
बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम १२ वर्षदेखि वीरेन्द्रनगरस्थित प... ...


