पाँच वर्षमा विदेश जाने नेपालीसँगै बाहिरियो आठ खर्ब ६४ अर्ब रकम

काठमाडौं । पछिल्लो पाँच वर्षमा विदेश जाने नेपालीसँगै आठ खर्ब ६४ अर्ब पाँच करोड ४० लाख रुपैयाँ नेपालबाट बाहिरिएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ को अवधिमा बाहिरिएको हो । यो रकम नेपालीहरू विभिन्न उदेश्यले विदेश जाँदा सँगै बाहिरिएको हो । बाहिरिने रकमको ठूलो हिस्सा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले लैजाने गरेका छन् । पछिल्ला पाँच वर्षमध्ये सबैभन्दा कम रकम आर्थिक वर्ष २०७८/७९ मा ९७ अर्ब ३२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो । त्यस्तै, सबैभन्दा बढी रकम आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब २३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ देशबाट बाहिरिएको छ । अर्थको विवरणअनुसार विदेश जाने नेपालीसँगै आर्थिक वर्ष २०७८/७९ मा ९७ अर्ब ३२ करोड ३० लाख रुपैयाँ, २०७९/८० मा एक खर्ब ४४ अर्ब ४७ करोड ९० लाख रुपैयाँ बाहिरिएको छ । त्यस्तै, २०८०/८१ मा एक खर्ब ८९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ, २०८१/८२ मा दुई खर्ब २३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ र २०८२/८३ मा दुई खर्ब ९ अर्ब १० करोड रुपैयाँ बाहिरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणा भन्छिन्- 'म आफैंले पाठ पनि गर्छु । गुरु राखेर पूजा पनि हुन्छ । १८ वर्षदेखि दसैंमा यही नित्यकर्म गर्दै आएकी छु ।' ...

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्। उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार ...

खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो
जनकपुरधाम । दसैँको महाअष्टमीका अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा दुर्गा माताको खोइँछ भर्न हजारौँ महिलाको घुइँचो लागेको छ। सन्तानको दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाहरू बिहानैदेखि विभिन्न शक्तिपीठमा... ...

बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले यसपालि दसैं बिदामा विदेश घुम्ने योजना बनाएनन् । मुलुकलाई परेको पीडा भुलाउन र रीति तथा परम्परा जोगाउन दसैंलगायत चाडपर्व मनाउनुपर्ने बताए । ...


