Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति
Photo / Coverage: टक्सार

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रूपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । अर्थमन्त्रालयलयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो । असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ । यस शिर्षकमा सरकारले वार्षिक २ खर्ब ४७ अर्ब ३५ करोड ७ लाख रूपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । लक्ष्यको तुलनामा ऋण प्राप्तिको प्रगति १३.८८ प्रतिशत रहेको छ । त्यस्तै, अनुदानतर्फ ७ अर्ब ९८ करोड ४९ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असोज मसान्तसम्म १२.९३ प्रतिशत प्रगति भएको छ । ऋण र अनुदान गरी चालु आर्थिक वर्षमा कुल ३ खर्ब ९ अर्ब २९ करोड ६१ लाख रूपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने वार्षिक लक्ष्य रहेको छ । असोज मसान्तसम्म कुल ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । यसैबिच, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायतासम्बन्धी कुल ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको छ । महिनागत विवरणअनुसार साउनमा २ अर्ब २० करोड ३८ लाख रूपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ । भदौमा एक अर्ब १३ करोड ७३ लाख रूपैयाँ र असोजमा ३ अर्ब १३ करोड रूपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको छ । पहिलो त्रैमासमा प्राप्त भएको वैदेशिक सहायता प्रतिवद्धता कुल ६ अर्ब ४७ करोड ११ लाख रूपैयाँ पुगेको छ । वैदेशिक सहायता परिचालनको विवरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण तथा अनुदान प्राप्ति वार्षिक लक्ष्यको तुलनामा १३ प्रतिशत हाराहारीमा सिमित रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
Latest NewsJust now

सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, कात्तिक ३० गते । सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्य... ...

गोरखापत्र
विपद्मा सङ्गठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छः सेना
Latest NewsJust now

विपद्मा सङ्गठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छः सेना

काठमाडौं । नेपाली सेनाले विपद् पछिको चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, तथा पुन:स्थापनाका लागि निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको स्पष्ट पारेको छ । गत भदौरअसोजको भोटेकोशी र बुढीगण्डकी बाढी तथा यस वर्षको मनसुनमा भएका अन्य प्राकृतिक विपद्का घटनामा त्रुटिरहित ढंगबाट हवाई, जमिनी र टनेलजस्ता जोखिमपूर्ण उद्धार कार्य गरी संगठनले व्यावसायिक क्षमता प्रदर्शन गरेको ...

केन्द्रबिन्दु
वीपीको उपन्यास ‘तीन घुम्ती’ नाटकमा हेर्न पाइने
Latest NewsJust now

वीपीको उपन्यास ‘तीन घुम्ती’ नाटकमा हेर्न पाइने

काठमाडौँ । विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको कालजयी उपन्यास ‘तीन घुम्ती’ नाटकमा हेर्न पाइने भएको छ । कान्तिपुर थिएटरले उपन्यासलाई नाटकको रूपमा प्रस्तुत गर्न लागेको हो । सुनैना पन्थीको परिकल्पना तथा... ...

रातोपाटी
एनपिएलको लिग चरण सकियो
Latest NewsJust now

एनपिएलको लिग चरण सकियो

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ। आज सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो। लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ। यस पटकको एनपिएलमा केही टोलीले सुरुवातदेखि नै सन्तुलित प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरे। केही टोलीले भने ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play