Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एनपिएलको लिग चरण सकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलको लिग चरण सकियो
Photo / Coverage: नेपालन्युज

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ। आज सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो। लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ। यस पटकको एनपिएलमा केही टोलीले सुरुवातदेखि नै सन्तुलित प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरे। केही टोलीले भने अपेक्षाअनुसारको लय समात्न सकेनन्। ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैमा प्रभावशाली देखिएका टोलीले लिग चरणमा आफ्नो वर्चस्व कायम गर्दा कमजोर प्रदर्शन गर्ने टोली भने प्रतियोगिताबाट बाहिरिएका छन्। लिग चरणको प्रदर्शनका आधारमा सर्वाधिक सफल टोलीको सूचीमा लुम्बिनी लायन्स शीर्ष स्थानमा रह्यो। रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले सात खेलमध्ये पाँचमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो। यससँगै उसले सर्वाधिक ११ अंक जोड्दै अंक तालिकाको पहिलो स्थानमा रहेर लिग चरणको अन्त्य ग¥यो। गत संस्करणको उपाधि विजेता पनि रहेको लुम्बिनीले यस पटक पनि आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ। टोलीले सुरुवातदेखि नै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै आफूलाई उपाधि रक्षाको बलियो दाबेदारका रूपमा उभ्याएको छ। कप्तान रोहितको नेतृत्वमा रहेको टोलीले ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलन कायम राख्नु उसको सफलताको महत्त्वपूर्ण आधार बन्यो। अब लुम्बिनीको लक्ष्य प्लेअफमा समेत यही लयलाई निरन्तरता दिँदै लगातार दोस्रो पटक उपाधि जित्ने हुनेछ। लगातार दुई संस्करणको फाइनल खेलेको सुदूरपश्चिम रोयल्सले पनि यस पटक आफ्नो बलियो उपस्थिति कायम राखेको छ। दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिमले सात खेलमध्ये पाँचमा जित र दुईमा हार व्यहोर्दै १० अंक जोड्यो। ऊ अंक तालिकाको दोस्रो स्थानमा रह्यो। सुदूरपश्चिमका लागि यो सिजन पनि निरन्तरता कायम राख्ने अवसर बनेको छ। अघिल्ला दुई संस्करणमा फाइनलसम्मको यात्रा तय गरेको टोलीले यस पटक पनि प्लेअफमा स्थान सुरक्षित गर्दै उपाधि दौडलाई जीवित राखेको छ। लगातार तीन संस्करण प्लेअफमा पुग्ने पहिलो टोली बनेको सुदूरपश्चिम यस पटक विगतका दुई फाइनलको अनुभवलाई उपाधिमा बदल्ने लक्ष्यमा हुनेछ। यस संस्करणमा काठमाण्डु गोर्खाजको प्रदर्शन पनि उल्लेखनीय रह्यो। करण केसीको नेतृत्वमा रहेको काठमाण्डुले सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोर्दै आठ अंक जोड्यो। ऊ अंक तालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुग्न सफल भयो। काठमाण्डुले लिग चरणमा केही बलिया टोलीलाई चुनौती दिँदै आफ्नो प्रतिस्पर्धात्मक क्षमता देखाएको छ। टोलीका लागि जित र हारबीचको उतारचढाव रहे पनि निर्णायक खेलमा प्राप्त नतिजाले प्लेअफको बाटो खुला गर्‍ यो। लगातार दोस्रो पटक प्लेअफमा पुगेको काठमाण्डुले अब उपाधि यात्रालाई थप अघि बढाउन आफ्नो प्रदर्शनमा निरन्तरता दिनुपर्नेछ। प्लेअफमा स्थान बनाउने चौंथो टोली चितवन राइनोजका लागि भने लिग चरण मिश्रित रह्यो। चितवनले सात खेलमध्ये तीनमा जित र तीनमा हार व्यहोर्दा एक खेल वर्षाका कारण रद्द भएको थियो। यससँगै उसले सात अंक जोड्दै तालिकाको चौथो स्थान हासिल ग¥यो। लिग चरणमा चितवनले अपेक्षाकृत स्थिर प्रदर्शन गर्न नसके पनि आवश्यक खेलमा जित निकाल्दै प्लेअफमा पुग्न सफल भयो। जित र हारको समान संख्या तथा वर्षाका कारण बाँडिएको एक अंकले उसको यात्रा केही उतारचढावपूर्ण बनेको देखिन्छ। अब चितवनसामु लिग चरणका कमजोरी सुधार्दै नकआउट चरणमा थप प्रभावशाली प्रदर्शन गर्ने चुनौती छ। गत संस्करणको लिग चरणमा दोस्रो स्थान हासिल गरेको विराटनगर किङ्सका लागि भने यस पटकको एनपिएल सुखद रहन सकेन। उसले सात खेलमध्ये तीनमा मात्र जित निकाल्दा चार खेलमा पराजय व्यहो¥यो। अघिल्लो संस्करणमा बलियो उपस्थिति जनाएको विराटनगर यस पटक भने शीर्ष चारमा पर्न असफल रह्यो। लिग चरणमा टोलीले अपेक्षाअनुसारको निरन्तरता कायम राख्न नसक्दा उसको प्लेअफ यात्रा समाप्त भयो। अघिल्लो संस्करणको प्रदर्शनलाई आधार मान्दा यस पटक विराटनगरबाट थप राम्रो नतिजाको अपेक्षा गरिएको थियो। तर, प्रतिस्पर्धात्मक लिगमा साना कमजोरीको मूल्य उसलाई महँगो साबित भयो। कर्णाली याक्सका लागि पनि एनपिएलको तेस्रो संस्करण उपलब्धिमूलक बन्न सकेन। उसले सात खेलमध्ये तीनमा जित र चारमा हार व्यहोर्दै अंक तालिकाको छैटौं स्थानमा रहेर प्रतियोगिता टुङ्ग्यायो। केही खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि त्यसलाई निरन्तर जितमा परिणत गर्न नसक्नु कर्णालीका लागि महँगो साबित भयो। फलस्वरूप टोलीले प्लेअफमा स्थान बनाउन सकेन। पोखरा एभेन्जर्सको एनपिएल यात्रा पनि यस पटक निराशाजनक रह्यो। सात खेलमध्ये दुईमा मात्र जित निकाल्न सफल पोखराले पाँच खेलमा पराजय व्यहोर्‍यो। चार अंक जोडेको पोखरा अंक तालिकाको सातौं स्थानमा रह्यो। गत संस्करणमा पाँचौं स्थान हासिल गरेको पोखराले यस पटक पनि आफ्नो प्रदर्शनमा अपेक्षित सुधार गर्न सकेन। प्रतियोगिताका तीनवटै संस्करणमा सहभागिता जनाए पनि हालसम्म प्लेअफमा स्थान बनाउन नसकेको पोखराका लागि यो निरन्तरको निराशा हो। टोलीले आगामी संस्करणमा आफ्नो खेल रणनीति र समग्र प्रदर्शनमा सुधार गर्नुपर्ने देखिएको छ। पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका लागि भने तेस्रो संस्करण सबैभन्दा निराशाजनक रह्यो। जनकपुरले सात खेलमध्ये दुईमा मात्र जित निकाल्दा पाँच खेलमा हार व्यहोर्‍यो। चार अंक जोडेको जनकपुर अंक तालिकाको अन्तिम अर्थात् आठौं स्थानमा रह्यो। पहिलो संस्करणको उपाधि जितेर एनपिएलमा आफ्नो बलियो पहिचान बनाएको जनकपुरले त्यसपछिका संस्करणमा भने अपेक्षित प्रदर्शन गर्न सकेको छैन। गत संस्करणमा पनि अंक तालिकाको पुछारमा रहेको जनकपुर यस पटक पनि सोही स्थानमा सीमित भयो। लगातार कमजोर नतिजाले टोलीको आगामी यात्रालाई थप चुनौतीपूर्ण बनाएको छ। लिग चरण सकिएसँगै अब प्रतियोगिता उपाधिको निर्णायक मोडमा प्रवेश गरेको छ। चार टोलीबीच हुने प्लेअफ प्रतिस्पर्धाले यस संस्करणको विजेताको टुङ्गो लगाउनेछ। लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम, काठमाण्डु र चितवन पनि पहिलो पटक उपाधि उचाल्ने योजनासहित मैदानमा उत्रने छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : कस्तो रह्यो ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका चार टोलीको खेल ?
Latest NewsJust now

एनपीएल : कस्तो रह्यो ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका चार टोलीको खेल ?

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । हिजो सोमबार सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ । यसपटकको एनपीएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित […] ...

लोकपथ
मंसिर महिनाका लागि बैंकहरुले तोके ब्याजदरः ६ ले घटाए, १४ वटाले कातिककै दर यथावत राखे
Latest NewsJust now

मंसिर महिनाका लागि बैंकहरुले तोके ब्याजदरः ६ ले घटाए, १४ वटाले कातिककै दर यथावत राखे

• मंसिर महिनाका लागि २० वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्, जसमा ६ वटाले ब्याजदर घटाएका छन् र १४ वटाले यथावत् राखेका छन्। • व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ३.९०६ प्रतिशतमा झरेको छ, जबकि सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५ प्रतिशत ब्याजदर कायम राखेको छ। • माछापुच्छ्रे बैंकको व्यक्तिगत निक्षेपको ब्याजदर ३.५ प्रतिशतमा रहेको छ, जुन सबैभन्दा कम हो। ...

नेपालबहस
हेटौंडा-काठमाडौं वैकल्पिक सडकमा राति गाडी चलाउन रोक
Latest NewsJust now

हेटौंडा-काठमाडौं वैकल्पिक सडकमा राति गाडी चलाउन रोक

भैंसेदेखि देउरालीसम्मको सडक घुमाउरो, साँघुरो, ओरालो, भिरालो र अँध्यारो भएकाले सवारी दुर्घटना न्यूनीकरण गर्न राति सवारी सञ्चालनमा रोक लगाउनुपरेको सुरक्षा समितिले जनाएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play