Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

विपद्मा सङ्गठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छः सेना

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्मा सङ्गठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छः सेना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली सेनाले विपद् पछिको चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, तथा पुन:स्थापनाका लागि निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको स्पष्ट पारेको छ । गत भदौरअसोजको भोटेकोशी र बुढीगण्डकी बाढी तथा यस वर्षको मनसुनमा भएका अन्य प्राकृतिक विपद्का घटनामा त्रुटिरहित ढंगबाट हवाई, जमिनी र टनेलजस्ता जोखिमपूर्ण उद्धार कार्य गरी संगठनले व्यावसायिक क्षमता प्रदर्शन गरेको सेनाले जनाएको छ । प्राकृतिक विपद् जोखिमका दृष्टिले नेपाल संवेदनशील मुलुक भएकाले जलवायु परिवर्तन, विश्वयापी तापक्रम वृद्धि, भौगोलिक बनावट तथा मौसमी प्रतिकूलताकाकारण नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो र भूकम्पजस्ता विपद्का घटना दोहोरिँदै आएका छन् । विपद् प्रभावित क्षेत्रमा महामारी नियन्त्रणका लागि निर्मलीकरण, मनोसामाजिक परामर्श तथा राहत सामग्रीको गुणस्तर परीक्षणजस्ता सञ्चालन गरिएका कार्य समेतले विपद्पछिको मानवीय आवश्यकता सम्बोधनमा सेनाको बहुआयामिक भूमिकालाई स्पष्ट गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए । विपद् प्रभावित क्षेत्रमा मुलुकको प्रमुख सुरक्षा संगठन सेनातर्फबाट गरिएका कार्य र समन्वयबारे सेनाले उपलब्ध गराएको लेख यस प्रकार छ: गत भदौ १० गते भोटेकोशी बाढीले ठूलो जनधनको क्षति तथा सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा गम्भीर असर पुर्‍यायो । बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्य जारी रहेकै अवस्थामा असोजको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा थप बाढी, पहिरो र डुबानको जोखिम सिर्जना गर्‍यो । त्यसबाट खासगरी बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायतका जिल्लामा जनधन तथा सडक–पुलजस्ता भौतिक पूर्वाधारमा क्षति हुँदा स्थानीय बासिन्दा र पर्यटकसमेत प्रभावित भए । त्यस्तो विषम परिस्थितिमा नेपाली सेना स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरी खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणमा सक्रिय रह्यो । भोटेकोशी बाढीपछिको प्रतिकार्यमा सेनाले योजनाबद्ध रूपमा उपलब्ध स्रोतसाधन परिचालन गर्दै जोखिममा परेका नागरिकको जीवन रक्षा गर्न प्राथमिकता दियो । भदौ २४ गतेसम्म ४ हजार ८१ जनाको हवाई उद्धार गरिएको तथ्यले सेनाको सक्रियता र उद्धार क्षमतालाई प्रतिबिम्बित गरेको छ । यसै क्रममा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका तीन जनालाई १० दिनपछि जीवितै उद्धार गरिनु विपद् प्रतिकार्यको उल्लेखनीय उपलब्धि हो । विपद् प्रतिकार्यमा सेनाको भूमिका खोज तथा उद्धारमा मात्र सीमित छैन । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन परिचालित इमर्जेन्सी मेडिकल रेस्पोन्स टिमले तीन हजार ५३५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । महामारी नियन्त्रणका लागि निर्मलीकरण, मनोसामाजिक परामर्श तथा राहत सामग्रीको गुणस्तर परीक्षणजस्ताकार्यसमेत सञ्चालन गरिए । त्यसले विपद्पछिको मानवीय आवश्यकता सम्बोधनमा सेनाको बहुआयामिक भूमिकालाई स्पष्ट पारेको छ । यसैगरी, असोजको अविरल वर्षा र बाढीका कारण पर्वत, बाग्लुङ, म्यादी र मनाङ जिल्लाहरूका प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणमा समेत सेनाले महत्त्वपूर्ण योगदान गरेको छ । जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई माध्यमबाट सुरक्षित स्थानमा स्थानान्तरण गरियो । त्यस्तै असोज २५ गते बूढीगण्डकी बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी एक हजार १०६ जनालाई हेलिकप्टर र स्थल मार्गबाट उद्धार गरियो । सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी र प्रभावित घरमा डुबानमा परेका सामान सुरक्षित रूपमा निकाल्न सहयोग गरेको थियो । विपद्पछिको पुन:स्थापना र पूर्वाधार पुनर्निर्माणमा समेत सेनाको योगदान उल्लेखनीय छ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल पुनः सञ्चालन गर्न देवीघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोब्रिज जडान गरी रसुवाको आवागमन सहज बनाउन सेनाले सहयोग गर्‍यो । त्यस्तै, मनाङको चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालन गर्न, अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा सहयोग गर्न तथा बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गर्न सेनाले भूमिका निर्वाह गरेको थियो । बुढीगण्डकी बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान तत्काल जडान गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । ती उपलब्धिको अर्को महत्त्वपूर्ण आधार विभिन्न निकायबीचको समन्वय र सहकार्य हो । विपद् व्यवस्थापन कुनै एक निकायको प्रयासबाट मात्र सम्भव हुँदैन । नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्थानीय प्रशासन, स्थानीय तह, गैरसरकारी संस्था तथा स्थानीय समुदायबीचको एकीकृत प्रयासले उद्धार, राहत र पुन:स्थापनालाई प्रभावकारी बनाएको छ । भोटेकोशी बाढीका क्रममा त्रिशूलीको मैथिली क्याम्पमा विपद् प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर र रसुवाको धुन्चेमा फरवार्ड कमान्ड सेन्टर स्थापना गरी फिल्ड तहका समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको थियो । त्यसले निर्णय प्रक्रिया र कार्यान्वयन बीचको दूरी घटाउँदै उपलब्ध जनशक्ति तथा स्रोतसाधनको व्यवस्थित परिचालनमा सहयोग पुर्‍याएको थियो । त्यस क्रममा त्रुटिरहित ढङ्गबाट हवाई, जमिनी र टनेलजस्तो जोखिमपूर्ण उद्धार कार्य गरेर नेपाली सेनाले आफ्नो साहसिक र व्यावसायिक क्षमतासमेत प्रदर्शन गरेको छ । नेपाली सेनाको नेतृत्वमा हरेक वर्ष सञ्चालन हुने संयुक्त विपद् प्रतिकार्य अभ्यासले पनि यस्तो समन्वयलाई थप सुदृढ बनाएका छन् । पूर्वतयारी, तालिम, अभ्यास र वास्तविक घटनास्थलमा गरिएको सहकार्यले विपद्का बेला विभिन्न निकायबीच कार्यगत एकरूपता कायम गर्न मद्दत पुर्‍याउँछ । प्रतिकूल मौसम, दुर्गम भूगोल र अवरुद्धस्थल मार्गका बाबजुद ड्रोनजस्ता प्रविधिको उपयोग गरी आवश्यक सामग्री ढुवानी तथा उद्धार कार्यलाई सहज बनाइनुले सेनाको बदलिँदो प्रविधिप्रतिको अनुकूलन क्षमता पनि देखाएको छ । प्राकृतिक विपद् रोक्न नसकिए पनि प्रभावकारी पूर्वतयारी, समयमै उद्धार, राहत, पुनः स्थापना र आपसी सहकार्यबाट यसको क्षति न्यूनीकरण गर्न सकिन्छ । विपद्का हरेक कठिन घडीमा अग्रपङ्क्तिमा रही नागरिकको जीवन रक्षामा समर्पित नेपाली सेनाको भूमिका केवल सुरक्षा दायित्वमा सीमित छैन, यो मानवीय सेवा, राष्ट्रिय जिम्मेवारी र नागरिकप्रतिको प्रतिबद्धताको सशक्त उदाहरण पनि हो । सरोकारबाला निकायबीचको समन्वय, सहकार्य र सामूहिक प्रयास नै प्रभावकारी विपद् प्रतिकार्यका आधार हुन् भन्ने सन्देश हालैका विपद्का घटनाले पुनः पुष्टि गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : कस्तो रह्यो ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका चार टोलीको खेल ?
Latest NewsJust now

एनपीएल : कस्तो रह्यो ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका चार टोलीको खेल ?

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । हिजो सोमबार सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ । यसपटकको एनपीएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित […] ...

लोकपथ
मंसिर महिनाका लागि बैंकहरुले तोके ब्याजदरः ६ ले घटाए, १४ वटाले कातिककै दर यथावत राखे
Latest NewsJust now

मंसिर महिनाका लागि बैंकहरुले तोके ब्याजदरः ६ ले घटाए, १४ वटाले कातिककै दर यथावत राखे

• मंसिर महिनाका लागि २० वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्, जसमा ६ वटाले ब्याजदर घटाएका छन् र १४ वटाले यथावत् राखेका छन्। • व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ३.९०६ प्रतिशतमा झरेको छ, जबकि सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५ प्रतिशत ब्याजदर कायम राखेको छ। • माछापुच्छ्रे बैंकको व्यक्तिगत निक्षेपको ब्याजदर ३.५ प्रतिशतमा रहेको छ, जुन सबैभन्दा कम हो। ...

नेपालबहस
हेटौंडा-काठमाडौं वैकल्पिक सडकमा राति गाडी चलाउन रोक
Latest NewsJust now

हेटौंडा-काठमाडौं वैकल्पिक सडकमा राति गाडी चलाउन रोक

भैंसेदेखि देउरालीसम्मको सडक घुमाउरो, साँघुरो, ओरालो, भिरालो र अँध्यारो भएकाले सवारी दुर्घटना न्यूनीकरण गर्न राति सवारी सञ्चालनमा रोक लगाउनुपरेको सुरक्षा समितिले जनाएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play