पहिलो खेलमै सुदूरपश्चिमको ब्याटिङ विजोग !

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ निराशाजनक देखिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले १२.४ ओभरमा ७० रन बनाउँदा ९ विकेट गुमाएको छ। टस जितेर लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका अधिकांश ब्याटर चल्न सकेनन्। टोलीले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलमा २ चौका प्रहार गरे। सैफ जैबले १४ बलमा १३ रन तथा विनोद भण्डारीले ८ बलमा ९ रन जोडे। अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन्। लुम्बिनीका बलरले सुदूरपश्चिमको ब्याटिङ लाइनअपलाई दबाबमा राखे। किशोर महतोले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। शेर मल्लाले ३ ओभरमा १० रन दिँदै ३ विकेट हात पारे। शेड्ली भान साल्कविक र तिलक भण्डारीले समान एक–एक विकेट लिए। सुदूरपश्चिमले १२.३ ओभरमा दीपेन्द्रसिंह ऐरीको विकेट गुमाउँदा ७० रन बनाएको थियो। त्यसपछि १२.४ ओभरमा हेमन्त धामी आउट भए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
![एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिम निरीह [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/npl-3rd-edition-lumbini-sudur-%20(34).jpg)
एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिम निरीह [फोटोफिचर]
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) साविक विजेता लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ । ...

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० ...

जो कांग्रेस छन्, ती किन छन् ?
नयाँ परिवेशमा पदाधिकारी हुन चाहने सबै तहका सदस्यलाई ‘नयाँ कांग्रेस’ ले सोध्नुपर्ने छ– तपाईं कांग्रेसमार्फत समाजलाई के दिन्छु भनेर आउन लाग्नुभएको हो ? यो प्रश्नको निहितार्थ हुनेछ– तपाईंको व्यक्तिगत छविका कारण दुनियाँले तपाईं यो पार्टीमा आएको वा बसेको सकेसम्म केही दिन होइन, बरु लिन हो भन्ने बुझेको स्थिति त छैन? ...

एनपिएल ३ मा च्याम्पियन लुम्बिनी लायन्सको विजयी सुरुआत
काठमाडौँ, कात्तिक ९ गते । उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लाइनसले सोमबार पहिलो खेलमा सुदूरपश्चि रोयल्सलाई सात विकेटले हराएर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा शानदार सुरुआत... ...


