पहिलो इनिङ्स नसकिँदै कीर्तिपुर क्रिकेट मैदानबाट फर्किए प्रधानमन्त्री बालेन शाह

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पहिलो इनिङ्स समाप्त नहुँदै मैदानबाट फर्किएका छन्।
एनपीएलको उद्घाटन समारोहमा सहभागी भएका प्रधानमन्त्री शाहले केही समय मैदानमा बसेर खेल अवलोकन गरेका थिए। तर, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच जारी उद्घाटन खेलको पहिलो इनिङ्स नसकिँदै उनी मैदानबाट बाहिरिएका हुन्।

प्रधानमन्त्री शाह फर्किए पनि शिक्षा तथा खेलकुदमन्त्री सम्मित पोखरेललगायत अन्य मन्त्रीहरू भने मैदानमै उपस्थित छन्।
एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

साइबर सुरक्षा जोखिम बढेपछि राष्ट्र बैंकका तीन प्रणालीको गुनासो सुनुवाइ इमेलबाट मात्रै
नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा जोखिम बढेको जनाउँदै आफ्ना विभिन्न विद्युतीय प्रणालीसँग सम्बन्धित गुनासो तत्कालका लागि इमेलमार्फत मात्र संकलन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयले जारी गरेको जरुरी सूचनाअनुसार विश्वभर फैलिएको पीएचपीसँग सम्बन्धित साइबर सुरक्षा जोखिमका कारण बैंकबाट उपलब्ध हुँदै आएका गुनासो सुनुवाइ पोर्टल, एनसीटीएस तथा एलसी र एफएक्सओएल प्रणालीसँग सम्बन्धित गुनासो व्यवस्थापनमा वैकल्पिक व्यवस्था गरिएको हो। बैंकले अर्को प्रणाली ...

सिद्धबाबा नजिकै बसको ठक्करले स्कुटरमा सवार महिलाको मृत्यु
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ । ...

हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?
रसुवा बाढीको दुई महिना पुग्न केही दिन बाँकी हुँदा ५ कार्तिकमा बसेको बोर्डको विशेष बैठकले उपलब्ध गराउने भनेको अनुदान सहयोगबारे नेपाल सरकारको तयारी के छ त ? ...