पश्चिम एसियाली युवा चेस च्याम्पियनसिपमा सहभागी हुन ११ नेपाली खेलाडी भारत प्रस्थान

काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन् । नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् । प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभाङ्ग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर केसीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । ...

मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्राको रौनक
मध्यपुर थिमिको मौलिक सांस्कृतिक परम्पराका रूपमा रहेको यस जात्रामा मल्लकालीन युद्धकलाको झल्को दिने परम्परागत पोसाक लगाएर खड्ग, तरबार, ढाल तथा युद्धकवचसहित नगर परिक्रमा गरिएको थियो । ...

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...


