पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा प्रहरीले चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दर्ता भएका घटनामध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना छन्। यस अवधिमा कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना पनि अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। उनका अनुसार लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ। राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरेको छ। त्यसैगरी, अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको छ। यस क्रममा तीन लाख ११ हजार ६०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। यसैबीच, जिल्लामा गत एक महिनामा ४० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक मल्लका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गर्दा १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

७२ प्रतिशत युट्युब क्रिएटरले प्रयोग गर्छन् जेनेरेटिभ एआई
प्रतिवेदनले एआई टुलको प्रयोग साधारण भिडियो सम्पादनमा मात्र सीमित नरहेर नयाँ रचनात्मक संसार निर्माण गर्नसमेत भइरहेको देखाएको छ। ...

असनमा कुभिन्डो का*टेर मनाइयो खड्ग जात्रा
५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा आसपासका क्षेत्रमा तुलाधर समुदायले परम्परागत खड्ग जात्रा मनाएका छन्। काठमाडौं महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा विधिपूर्वक पूजा गरेपछि समुदायका सदस्यले कुभिन्डोमा बनाइएको दैत्यको चित्र काटेका थिए। त्यसपछि आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिँदै बाजागाजासहित खड्ग जात्रालाई टोल परिक्रमा गराइएको थियो।… ...

बन्द भएका सरकारी वेबसाइट चलाउन सरकार के गरिरहेछ ?
५ कात्तिक, काठमाडौं । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको यस केन्द्रले सम्भावित साइबर क्षति हुन नदिन सावधानीस्वरूप यस्तो कदम चालिएको स्पष्ट पारेको छ। केन्द्रले बिहीबार जारी गरेको जरुरी सुरक्षा सूचनाअनुसार… ...

होप : अनौठो कथा, वीभत्स दृश्य र उत्कृष्ट एक्सन
एउटा रहस्यमय जीवले कोरियाली सहरमा आक्रमण गरेपछि प्रहरी प्रमुख, उनका सहायक र एक सिकारी स्थानीय बासिन्दाको सुरक्षा गर्न संघर्ष गर्छन् । तर, उनीहरूले उक्त खतराको सम्बन्ध पृथ्वीबाहिरको द्वन्द्वसँग रहेको थाहा पाएपछि उनीहरूको संघर्षले अप्रत्याशित मोड लिन्छ । ‘होप’ एउटा यस्तो कोरियाली फिल्म हो, जसको सुरुवात मरेको साँढेबाट हुन्छ र केही समयमै कोरियाको एउटा सानो सहर… ...


