Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पर्सामा एक महिनामा १११ अपराधका घटना दर्ता, १२० प्रतिवादी पक्राउ

पर्सामा एक महिनामा १११ अपराधका घटना दर्ता, १२० प्रतिवादी पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्सामा एक महिनामा १११ अपराधका घटना दर्ता, १२० प्रतिवादी पक्राउ

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ । तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ । त्यसैगरी कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहारी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले अनुमानित रु ७५ लाख ४४ हजार ४९ मूल्यका सामान बरामद गरेको छ । यस्तै अवैध वन पैदावार नियन्त्रणका क्रममा सात जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरिएको तथा रु तीन लाख ११ हजार ६०० जरिवाना गरिएको प्रहरीले जनाएको छ । यसैगरी, गत महिनाको विवरणअनुसार जिल्लाभरि ४० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक मल्लले ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले रु १६ लाख ३६ हजार ५०० राजस्व सङ्कलन भएको पनि बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी, सम्झौताको नजिक पुगेको ट्रम्पको संकेत
ताजा खबरJust now

युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी, सम्झौताको नजिक पुगेको ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे ।  ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । आवश्यक ...

फरकधार
अमेरिकामा हराइरहेकी नर्स ममता काफ्लेबारे हामीलाई अहिलेसम्म के–के थाहा छ ?
ताजा खबरJust now

अमेरिकामा हराइरहेकी नर्स ममता काफ्लेबारे हामीलाई अहिलेसम्म के–के थाहा छ ?

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्षभन्दा बढी भइसकेको छ । उनकी एक वर्ष नपुगेकी छोरी अहिले तीन वर्षकी भइसकेकी छन् । तर, ममता कहाँ छिन्, उनीमाथि के भयो र उनको शव कहाँ छ भन्ने प्रश्नको उत्तर अझै भेटिएको छैन । ममताका श्रीमान् नरेश भट्टमाथि भने श्रीमतीको हत्या गरेको, शव लुकाएको र शवको अपमान गरेको अभियोगमा प्रिन्स ...

फरकधार
एनपीएलका खेललाई आइसीसीबाट ’लिस्ट ए टी–२०’ को मान्यता
ताजा खबरJust now

एनपीएलका खेललाई आइसीसीबाट ’लिस्ट ए टी–२०’ को मान्यता

काठमाडौं । आइसीसीले नेपाल प्रिमियर लिग (एनपीएल)का खेललाई ’लिस्ट ए टी–२०’को मान्यता दिएको छ । आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी–२० को मान्यता प्रदान गर्ने निर्णय गरेको हो । यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो । नेपाल क्रिकेट संघले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ । त्यस्तै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि पनि यसपटक लागू ...

कर्पोरट खबर
बहुप्रतिभाका धनी दुर्गा लामिछाने
ताजा खबरJust now

बहुप्रतिभाका धनी दुर्गा लामिछाने

बुटवल। नवलपरासीको बर्दघाट नगरपालिका कार्यालयमा हलुका सवारी चालकको रूपमा कार्यरत छन् दुर्गा लामिछाने । सोही पालिकाका स्थायी बसोबासी उनलाई नगरबासीले अर्कै रूपमा पनि चिन्छन्– सर्पको उद्धारकर्ता । बर्दघाट क्षेत्रमा घरभित्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play