Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

पर्वतीय मुलुकका एजेन्डा कोप-३१ ले सम्बोधन गर्नेमा आशावादी छौँ: परराष्ट्रमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्वतीय मुलुकका एजेन्डा कोप-३१ ले सम्बोधन गर्नेमा आशावादी छौँ: परराष्ट्रमन्त्री खनाल
Photo / Coverage: नेपालन्युज

काठमाडौं। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन्। टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा सहभागी भई उनी स्वदेश फर्किएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले हिमाल र जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण, जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा अनुकूलन र हानि-नोक्सानीका लागि वित्तीय सहयोगजस्ता विषयलाई प्राथमिकताका साथ उठाएको छ। साथै, बहुप्रकोपीय पूर्वसूचना प्रणालीको सुदृढीकरणमा पनि नेपालले जोड दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले कोप प्रक्रियामा पर्वतीय मुलुकका एजेन्डा स्थापित गराउन सक्रिय प्रयास गरेको बताए। उनले भने, ‘नेपालका तर्फबाट पर्वतीय मुलुकका मुद्दाहरू स्थापित गराउन विभिन्न तहमा छलफल भएको छ, यस वर्षको सम्मेलनले कुनै न कुनै रूपमा हाम्रा एजेन्डालाई सम्बोधन गर्नेमा हामी पूर्ण आशावादी छौँ।’ मन्त्री खनालले सम्मेलनका क्रममा ‘पर्वत तथा जलवायु परिवर्तन’ सम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्न र जलवायु वित्त लक्ष्यमा पर्वतीय क्षेत्रका विशिष्ट सूचकहरू समावेश गर्न माग गरेका थिए। नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदार संस्था इसिमोड र जोइ इन्भाइरोमेन्ट नेटवर्कसँगको सहकार्यमा पर्वतीय उत्थानशीलताका लागि अनुकूलन वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार कोप-३१ को बाँकी अवधिमा हुने बैठक तथा वार्ताहरूमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आइतबार वर्षाको सम्भावना, धान जोगाउन किसानलाई सुझाव
Latest NewsJust now

आइतबार वर्षाको सम्भावना, धान जोगाउन किसानलाई सुझाव

सुदूरपश्चिमको तराईका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने भए पनि मुख्य प्रभाव पहाडी र हिमाली भूभागमा रहने विभागले जनाएको छ । ...

कान्तिपुर
हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन जोडः परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन जोडः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भई स्वदेश फर्किएका छन् । उनी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिख (कात्तिक २३ देखि मङ्सिर ४) सम्म आयोजना भएको सम्मेलनमा सहभागी हुन गत साता नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्ताल्या प्रस्थान गरेकामा आज स्वदेश फर्किएको हुन् । […] ...

मकालु खबर
चीन भ्रमण फलदायी बनाउन रवि लामिछानेको निर्देशन
Latest NewsJust now

चीन भ्रमण फलदायी बनाउन रवि लामिछानेको निर्देशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधिमण्डललाई भ्रमण फलदायी बनाउन निर्देशन दिएका छन् । सभापति निवासमा शनिबार भएको छलफलमा लामिछानेले भ्रमणको उद्देश्यमा केन्द्रित रहन र निर्धारित आचारसंहिता पालना गर्न प्रतिनिधिमण्डलका सदस्यहरूलाई निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बुर्लाकोटीका अनुसार भ्रमणको आवश्यक तयारी, उद्देश्य र प्रभावकारी सहभागिताका विषयमा सभापति लामिछानेले प्रतिनिधिमण्डललाई मार्गनिर्देशन ...

नेपालन्युज
मकवानपुरमा हवाई फायर गरेर पेस्तोलसहित दुई जना पक्राउ
Latest NewsJust now

मकवानपुरमा हवाई फायर गरेर पेस्तोलसहित दुई जना पक्राउ

हेटौंडाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलबाट शनिबार दिउँसो पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं १४ गण मकवानपुर र एपीएफ नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेश ०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play