Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरणमा पक्राउ परेका लुम्बिनी बचाउ अभियानका संयोजक रिहा

पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरणमा पक्राउ परेका लुम्बिनी बचाउ अभियानका संयोजक रिहा

10/27/2026, 4:50:08 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरणमा पक्राउ परेका लुम्बिनी बचाउ अभियानका संयोजक रिहा

पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको छ । खानले आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरुसँगको छलफलपछि छाडिएको बताएका छन् । खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्‍याएको उनको आरोप छ । त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उनले बताएका छन् । दिउसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाई फकरुद्दिन खाँनको जिम्ममा लगाई प्रहरीले छोडेको उनले बताए । छलफलका क्रममा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सुझाव दिएको उनको भनाइ छ । पत्रकारहरुसँग आफ्नो धारणा सार्वजनिक गर्दै खानले लुम्बिनीको हकहित र विकासका लागि आफूहरुले लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन् । सरकारका कदम र लुम्बिनीप्रतिको बेवास्ताविरुद्ध विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन र सभा आयोजना गर्नुका साथै मन्त्रीहरुलाई भेटेर ज्ञापनपत्रसमेत बुझाइएको उनले बताए । मन्त्रीको पुत्ला दहनलाई उनले सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि र आक्रोशको अभिव्यक्ति भएको बताएका छन् । लुम्बिनीको विकास, संरक्षण र स्थानीयको हितका सवालमा सरकार गम्भीर हुनुपर्ने उनको माग छ । संयोजक खानले आफूहरु कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने स्पष्ट पारेका छन् । ‘हामी भाग्ने मान्छे होइनौँ । मन्त्रीको पुत्ला जलाइएको हो र यसमा हामी पछि हट्दैनौँ । तर कानुनको सम्मान गर्दै शान्तिपूर्ण रुपमा आफ्ना माग राख्छौँ,’ उनले भने । उनले आफूलाई फोन गरेर बोलाइएको भए स्वेच्छाले उपस्थित हुनेसमेत बताएका छन् । लुम्बिनीको नाममा राजनीति बन्द गर्न र यस क्षेत्रलाई बुद्धमय बनाउन सरकार तथा सम्बन्धित निकायले रचनात्मक ढंगले काम गर्नुपर्ने उनको आग्रह छ । खाँनसँगै प्रहरीले सार्वजनिक स्थलमा उत्श्रृंखल गतिविधि गरि सार्वजनिक शान्ती सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा पक्राउ गरेको अर्का आरोपी वाजिउद्दिन मुसलमानलाई पनि रिहा गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपीएल : जनकपुर टस जितेर फिल्डिङमा
OthersJust now

एनपीएल : जनकपुर टस जितेर फिल्डिङमा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ गर्ने भएको छ । आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रन हरायो । कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ । ...

पर्दाफास
सरकारलाई पूरा अवधि काम गर्न दिऊँ, नगरे अर्को चुनावबाट बिदा गरौं : बाबुराम भट्टराई
OthersJust now

सरकारलाई पूरा अवधि काम गर्न दिऊँ, नगरे अर्को चुनावबाट बिदा गरौं : बाबुराम भट्टराई

१० कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन् । प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थालेको र यो विडम्वनापूर्ण र चिन्ताजनक रहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार उन्नत बहुदलीय… ...

अनलाइन खबर
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौं : गगन थापा
OthersJust now

हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौं : गगन थापा

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुन: सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताएका छन् । पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौंदेखि कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताएका हुन् । मतदाताले कांग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play