Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको निर्देशनमा पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्न लागेको हो । बोर्डले नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्पराको डिजिटल प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । मन्त्री पौडेलको निर्देशन अनुसार यसअघि बडादसैँको अवसरमा स्थानीय तह, पर्यटन सम्बद्ध सङ्घसंस्थालगायतको सहकार्यमा देशभरका १०० स्थानमा ‘लिङ्गे पिङ’ हालिएको थियो । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने योजनाअनुसार उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको बोर्डले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक श्रव्य दृश्य सामग्री(भिडियो रिल) तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई रु एक लाख पुरस्कार प्रदान गरिनेछ । नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाएर पूजा गरिन्छ ।यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोड्दै नेपालको मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्य प्रतियोगिता आयोजना गर्न लागिएको बोर्डले जनाएको छ । प्रतियोगितामा सहभागी हुनेले तयार पार्ने रिल अङ्ग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अङ्ग्रेजी सबटाइटल(उपशीर्षक) वा अङ्ग्रेजी भाषाको भ्वाइसओभर (वाचन)अनिवार्य गरिएको छ । सहभागीले आफ्नो श्रव्य दृश्य सामग्री इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गरी नेपाल फेस्टिबल/कुकुर तिहार ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा नेपाल टुरिजमलाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्ने जनाइएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिङ्क इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने श्रव्य दृश्य मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त श्रव्य दृश्य सामग्रीहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । बोर्डका अनुसार प्रतियोगितामा सहभागी हुन श्रव्य दृश्य सामग्री पठाउने अन्तिम मिति यही नोभेम्बर २१ ९मङ्सिर ५ गते० सम्म तोकिएको छ । कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गरिनेछ । डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवाहरू तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित यो प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जाजरकोटमा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा चार महिला घाइते
Latest NewsJust now

जाजरकोटमा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा चार महिला घाइते

जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर लिपपोत गर्नका लागि रातो माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा चार महिला घाइते भएका छन्। ...

कान्तिपुर
सांसद तोसिमा कार्कीले मन्त्रीलाई पुराना नारा सम्झाउदै भनिन, ‘गोविन्द केसीको जीवन बचाउनु’
Latest NewsJust now

सांसद तोसिमा कार्कीले मन्त्रीलाई पुराना नारा सम्झाउदै भनिन, ‘गोविन्द केसीको जीवन बचाउनु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) नेतृ तोसिमा कार्कीले आफ्नै पार्टीको सरकार र सरकारमा सहभागी ३ मन्त्रीलाई विगतमा लगाइएको नारा स्मरण गराएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेकी छन् । विगतमा लगाइएको नारा सम्झाउँदै उनले सरकारमा सहभागी ३ मन्त्रीलाई ट्याग गरेर स्मरण गराएकी हुन् । ‘ओली, देउवा, प्रचण्डः तिम्रो माफिया मोहले देश हुन्न प्रशन्न, ...

केन्द्रबिन्दु
शिवपुरीको जंगलमा थरीथरीका पुतली (तस्बिरहरू)
Latest NewsJust now

शिवपुरीको जंगलमा थरीथरीका पुतली (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पाइने थरीथरीका पुतली । निकुञ्जको तथ्यांकअनुसार नेपालमा पाइने ६३० मध्ये शिवपुरीमा १२४ प्रजातिका पुतली पाइन्छन् । हरियाली वन, शान्त वातावरण र... ...

रातोपाटी
विकासमा सुशासन
Latest NewsJust now

विकासमा सुशासन

विज्ञान र प्रविधिको पहुँचले अहिले नेपाली नागरिकको आकाङ्क्षा युरोप, अमेरिका जस्ता विकसित समाजको जस्तो छ । हाम्रा विकासनिर्माण, पूर्वाधारको अवस्था र कामको प्रवृत्ति भने पाँच दशक पुरा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play