परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ। भेटवार्तामा नेपाल–फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो। सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ
चितवन । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतपुर महानगरपालिका–१९... ...

जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च
क्रिकेटप्रतिको लगावले भवेन्द्र सिंहलाई एनपीएलको मैदानसम्म पुर्याएको छ । श्रीमतीको वर्णन र दर्शकको हुटिङबाट खेलको मज्जा लिने उनी रंगशालाको संरचना पनि अपांगतामैत्री होस् भन्ने चाहन्छन् । ...

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीन दिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी... ...

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ । सरकारले सङ्घीय संसद्मा बुझाएको यस आर्थिक वर्ष २०८३/८४ मा निर्माण... ...


