Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/परदेशी जीवनका कथा

परदेशी जीवनका कथा

Share:WhatsAppFacebookX (Twitter)Telegram
परदेशी जीवनका कथा

बेलायतलाई कर्मथलो बनाएर आजीविका चलाउन थालेदेखि नै कथाकार सुरेश यक्सो लिम्बूका फुटकर कथा पढ्दै आएकी थिएँ। तर, कृतिकै रूपमा भने उनको ‘पेनिबा’ कथा सङ्ग्रह पहिलोपटक हात परेपछि अक्षरशः पढेँ। सुरेश भाइको कलम कथा लेखनमा राम्रो चल्ने देखेर म सधैँ कथा सङ्ग्रह निकाल्न आग्रह गरिरहन्थेँ। आज उनै कथाकार सुरेशको कथा सङ्ग्रह अत्यन्तै हर्षका साथ पढिरहेकी छु। सङ्ग्रहमा विभिन्न शीर्षकका १५ वटा कथा समेटिएका छन्। पुस्तकभित्रका गाउँका कथाले मलाई निकै भावुक र नोस्टाल्जिक बनाए। घाँस-दाउरा, गोठाला-खेताला र हाटबजार गर्दै हिँडेका ठाउँहरू सबैका निम्ति प्रिय हुन्छन्। चित्रले गरेको स्वागत मलाई मन परेको अर्को पक्ष कथा सुरु हुनुभन्दा पहिले कलात्मक ढङ्गले राखिएका चित्रहरू हुन्। ती चित्रले पात्रहरूको चरित्र वर्णन गर्छन्। पाठकलाई किताबभित्र पस्न उत्प्रेरित मात्र गर्दैनन्, लिम्बू संस्कारमा पाहुनालाई स्वागत गर्न दिइने खाना वा परिकारलाई ‘लामलक्मा हुकवा’ भनिएझैँ सुरेश भाइले पनि पाठकका निम्ति ढोकैमा ‘लामलक्मा हुकवा’ राखेर स्वागत-सत्कार गरेको अनुभूति हुन्छ। बैङ्कमा काम गर्ने जिम्मेवार कर्मचारीले के-कस्ता सतर्कता अपनाउनुपर्छ भन्ने कुरा पनि यस कथाले छर्लङ्ग पारेको छ। चित्र पनि साहित्यजस्तै एक कला हो। कवितामा शब्दमार्फत भाव व्यक्त गरिन्छ भने कलामा चित्र कोरेर अनेक भाव अभिव्यक्त गरिन्छ। त्यसैले कथा र चित्र दुवै मिलेर पुस्तकलाई सुन्दर र रोचक बनाएका छन्। बैंकिङ कसुरदेखि नयाँ जुत्तासम्म पहिलो कथा ‘बैङ्किङ कसुर’ ले ‘तिमी चिता, म पुर्याउँछु’ भन्ने चर्चित नेपाली उखानलाई चरितार्थ गर्दै ‘म’ पात्रमार्फत बैङ्कमा काम गर्ने सपना पूरा भएको देखाएको छ। अर्को कुरा, बैङ्कमा काम गर्ने जिम्मेवार कर्मचारीले के-कस्ता सतर्कता अपनाउनुपर्छ भन्ने कुरा पनि यस कथाले छर्लङ्ग पारेको छ। दोस्रो कथा ‘नयाँ जुत्ता’ ले हङकङवासी हामी सबैको प्रतिनिधित्व गरेको छ। विदेशिने सबैको कथा-व्यथा उस्तै हुन्छ- महिनाभर कमाएको पैसाले घरखर्च पुर्याउनै गाह्रो, मनलाग्दी सामान किन्न वा खर्च गर्न कहाँ सक्नु! यो कथाले हाम्रो कथा-व्यथा मात्र ओकलेको छैन, भविष्य बिर्सिएर विलासितामा रमाइरहेको युवा पुस्तालाई दीर्घकालीन सोच राखेर खर्च गर्न सुझाव पनि दिएको छ। ‘पेनिबा’मा आफ्नै समयको झल्को तेस्रो कथा ‘पेनिबा’ पुस्तकको शीर्षक कथा हो। यसले ऊ बेलाको गाउँघर सम्झाउँछ, जहाँ सहरको रहनसहनभन्दा बिल्कुलै फरक जीवनशैली थियो। त्यहाँ न गाडीको ‘ट्याँ…ट्याँ…टुँ…टुँ’ हुन्थ्यो, न त कुनै हल्लाखल्ला। वातावरण निकै शान्त हुन्थ्यो। मरोपरो (मृत्यु) वा विवाह भएको खबर आ-आफ्नो संस्कारअनुसार बन्दुक पड्काएर र शङ्ख फुकेर दिइन्थ्यो। मरोपरो हो कि विवाह भन्ने कुरा बन्दुक र शङ्ख बजाउने शैलीबाटै थाहा पाउनुपर्थ्यो। कति आनन्द! त्यसबेला हामी पनि बरखी र विवाहमा खुब धान नाच्ने गथ्र्यौँ। आफ्नै जमाना याद दिलाउने यो कथा मलाई खुबै प्रिय लाग्यो। केटी माग्न जाँदा साइनो लाग्ने भएकाले केटी नदिएको र छोरी प्रेमीसँग भागेर जाली भनेर हतारहतार अन्तै विवाह गरिदिएको प्रसङ्गले दुःखी तुल्याउँछ। कथामा आफन्तको विवाहको निम्तोमा पुगेको केटा पात्रले त्यहाँ धान नाच्न आएकी सोल्टिनी मन पराउनु, भेटघाट र चिठीमार्फत मायाप्रेमका कुरा आदानप्रदान गर्नु त्यसबेलाको चलन हो। तर, अन्त्यमा केटी माग्न जाँदा साइनो लाग्ने भएकाले केटी नदिएको र छोरी प्रेमीसँग भागेर जाली भनेर हतारहतार अन्तै विवाह गरिदिएको प्रसङ्गले दुःखी तुल्याउँछ। गाउँघरमा यस्ता घटना हुन्थे। साइनो लागेकी केटी भगाएर सिक्किम र आसाम भासिएका थुप्रै अलिखित कथा गाउँमा छन्। हामी ‘स्वर्ण युग’ का मान्छे हौँ। हामीले पुरानो जमाना पनि जियौँ र अहिलेको डिजिटल युग पनि बाँचिरहेका छौँ। नयाँ पुस्तासँग हामीसँग जति अनुभव छैन। यो कथामा केटा पात्रले लिम्बू भाषा नजानेकाले ‘सोल्टीज्यू त पेनिबा (बाहुन) पो हो कि के हो?’ भनेको प्रसङ्ग गजबको छ। पुस्तकको नामकरण पनि यही प्रसङ्गबाट भएको छ। उक्त शीर्षकको कथाबाट पालामका यी दुई हरफ सापटी- केटीः हातैको घडी लेटै भयो संयोगले गर्दा भेटै भयो भुटेको मकै छुर्पी जस्तो नबोल्ने सोल्टी मूर्ति जस्तो… लिम्बू संस्कारमा पाहुनाको सम्मानस्वरूप गाउँलेले पहिले पालाम उठान गर्ने चलन छ। गाउँमा आएका पाहुनाले अन्त्यमा जवाफ फर्काउनुपर्छ। त्यसैले यहाँ केटीको गाउँमा केटा पुगेकाले माथिको पालाम केटालाई भनिएको हो। तर, केटाले जवाफ फर्काएको पालाम पनि लेखिदिएको भए अझ राम्रो हुन्थ्यो कि भन्ने लागेर मैले जवाफ लेख्ने कोसिस गरेकी छु। खर काटी छाना छाउँदाखेरि हजुरको गाउँमा आउँदाखेरि जोर घन्टी बज्यो माङ्गधानैमा भेटघाट भयो अञ्जानैमा धोबीले मैलो जसो धुँदा सोल्टिनीसँग भेटै हुँदा चानचुने पैसा गन्नै पर्यो थिक नेच्छी पालाम भन्नै पर्यो पालामको भाका फरक भए पनि त्यसमा भनिने शब्द यस्तै-यस्तै हुने गर्छन्। अझ हाम्रोतिर त पर्वते भाषा नमिसाई लिम्बू भाषामै गाउनुपर्छ। पेनीपान मिसाएमा फुपू-काकाहरूले गाली गर्नुहुन्थ्यो, जुन मैले माथि पनि भनिसकेकी छु। जे होस्, कथाकारले रैथाने भाषा, संस्कार-संस्कृति र त्यहाँको परिवेशलाई विदेशमा बसेर पनि बिर्सेका छैनन्। पारिवारिक सम्बन्ध र मानवीय कमजोरी चौथो कथा ‘मुड’ हो। यसले विवाहित जोडीको दिनचर्यामा आइपर्ने दुःख-सुखका कुरा भन्न खोजेको छ। मोहन र शिलाको सानो परिवारमा दिनहुँ हुने ठाकठुक झगडाले बिस्तारै ठूलो रूप लिन्छ। जब शिला माइतीमा गुहार माग्न पुग्छिन् र माइतीपक्षले मोहनलाई भरिभराउ सभामा अपमानित गर्छन्, त्यसपछि स्वाभिमानी पुरुषले पक्कै आफ्नो सोच बदल्छ। यो कथाले लोग्ने-स्वास्नीको झगडामा अरूलाई तान्नु वा गुहार्नु हुँदैन भन्ने सन्देश दिएको छ। कन्ये कान्छा उपनाम भएका मामा उमेर छउन्जेल हङकङमा बसेर जागिर खान्छन्, व्यापार-व्यवसाय गर्छन् र निकै पैसा कमाउँछन्। पाँचौँ कथा ‘कन्ये कान्छा’ हङकङमा बसोबास गर्ने बुढ्यौली लागेका मामाहरूको कथा-व्यथा हो। कन्ये कान्छा उपनाम भएका मामा उमेर छउन्जेल हङकङमा बसेर जागिर खान्छन्, व्यापार-व्यवसाय गर्छन् र निकै पैसा कमाउँछन्। तर, सम्पत्ति सम्हाल्न नजान्दा वा आफ्नो होस गुमाउँदा कमाएको सबै गुमाउन पुग्छन्। सुरेश याक्सोको कृति पेनिबा। तरुनी फेरिरहने बानी परेका उनलाई श्रीमतीले पनि छोडेर नेपाल फर्किन्छिन्। त्यसपछि उनको दिनचर्या जोर्डनको बुढो पार्क रुँघ्ने र साथीसङ्गीसँग गफ पिट्नेमा सीमित हुन्छ। अन्ततः उनी हरेस खाएर नेपाल फर्किन्छन्। त्यसैले म त सधैँ भन्ने गर्छु-गाँस पहिलो मिठो, तिर्खामा पहिलो घुट्की मिठो, त्यसपछिका त बस खेर जान्छ भनेर मात्र खाइन्छ। मेरो भनाइ र यो कथाले भन्न खोजेको कुरा आफैँ बुझ्नुहोस्। कथा ‘आइफोन काण्ड’ पनि हङकङकै जनजीवनमा आधारित छ। ‘म’ पात्रमार्फत कथा भनिएकाले आफ्नै वरिपरि देखेका, सुनेका वा भोगेका घटनाको बास्ना आएको छ। कतै न कतै हामीले समाजमा देखिरहेका घटना-दुर्घटनालाई नै आधार बनाएर लेखिरहेका हुन्छौँ। हामी सामाजिक प्राणी हौँ। आफ्नो परिवेश र समाजबाट अलग रहेर रचना गर्न सक्दैनौँ। नारीमाथि अथवा बुहारी र भाउजूहरूप्रति सासू, नन्द र आमाजूहरू किन यति निर्दयी बन्छन्? कथाले गम्भीर प्रश्न उठाएको छ। यस कथामा नयाँ आइफोन लिएपछि पुरानो आइफोनमा रहेको फेसबुक एकाउन्ट हटाउन बिर्सिएकाले साथीसँग लुकेर बोलेको कुरा श्रीमतीले थाहा पाउँछिन् र घरझगडा सुरु हुन्छ। आफूलाई सामान्य लाग्ने कुराले अर्काको मन दुख्न सक्छ भन्ने सन्देश यसले बोकेको छ। मेरो विचारमा यो कथाले सबैलाई होसियार हुन सिकाउनेछ, हेहेहेहे…! समाजका विकृति र महिलाका पीडा कथा ‘नरोजेको बाटो’ मा गाउँघरको एउटा वियोगान्त कथा छ। नारीमाथि अथवा बुहारी र भाउजूहरूप्रति सासू, नन्द र आमाजूहरू किन यति निर्दयी बन्छन्? यसले गम्भीर प्रश्न उठाएको छ। यहाँ लेखकले देवरको दृष्टिकोणबाट भाउजूका जीवनमा घटेका घटना प्रस्तुत गरेका छन्। श्रीमान् विदेश गएपछि गाउँको देवर साइनो पर्ने व्यक्तिसँग घाँस-दाउरा र मेलापात गर्दा उनैसँग नाम जोडेर सासू र नन्दले विदेशमा रहेका श्रीमान्सँग सम्बन्धविच्छेद गराइदिनु निकै दुःखद प्रसङ्ग हो। गाउँ, समाज र घरले निकालेपछि भाउजू भनिने पात्रले अन्तै पाइला मोड्छिन्। त्यो उनको जीवनमा कहिल्यै नसोचेको र नरोजेको बाटो हुन्छ। पढ्दै गर्दा पाठकलाई आफ्नै भोगाइजस्तो लाग्ने यी कथाले नेपाली समाजको धरातलमै उभिएर आफूलाई प्रस्तुत गरेका छन्। सुरेशको कथा सङ्ग्रहमा यस्ता थुप्रै रोचक कथा छन्। सङ्ग्रहभित्रका हरेक कथाले आ-आफ्नै विशेषता बोकेका छन्। पढ्दै गर्दा पाठकलाई आफ्नै भोगाइजस्तो लाग्ने यी कथाले नेपाली समाजको धरातलमै उभिएर आफूलाई प्रस्तुत गरेका छन्। धेरैजसो कथा प्रथम पुरुष अर्थात् ‘म’ पात्रमार्फत प्रस्तुत भएकाले पाठकलाई यी लेखककै आफ्नै भोगाइ हुन् कि भन्ने लाग्न सक्छ। तर, परिवेश फरक भएकाले ती सबै लेखककै भोगाइ होइनन् भन्ने प्रमाण पनि मनग्गे छन्। ‘अप्ठेरे कान्छा’ जस्तो अनौठो स्वभावका मान्छे गाउँघरमा हुने गर्छन्। मेरो गाउँमा पनि एक-दुई जना थिए। ‘नोटबुकको रहस्य’ कथा चाहिँ मलाई अलि चित्त नबुझेझैँ लाग्यो। बालमनोविज्ञानमा आधारित कथा राम्रो छ। भूतप्रेतका कुरा अन्धविश्वास हुन् भन्ने थाहा हुँदाहुँदै पनि गाउँघरमा हामी डर मान्थ्यौँ। तर, यस कथामा झुन्डिएर आत्महत्या गर्ने केटीको नोटबुक नपढिनुले कथा कताकता खल्लो लाग्यो। प्रहरीले खोजअनुसन्धान गरेर उनको मृत्युको कारण पत्ता लगाएको भए कथा अझ उत्कृष्ट बन्थ्यो कि जस्तो लाग्छ। पुराना लेखकहरूले नयाँ लेखक अथवा युवा पुस्ताबारे कस्तो धारणा राख्छन् भन्ने कुरा यसमा आएको छ। तर, हरेक स्रष्टाको आ-आफ्नै धारणा, सोच र लेखनको शैली हुन्छ। त्यसैले त हाम्रो कृति अरूले पढ्छन्। सबै उस्तै-उस्तै लागे कसले पढ्छ र? सबैभन्दा पहिले आफ्नो सिर्जनासँग आफैँ सन्तुष्ट हुनुपर्छ, अनि मात्र अघि बढ्ने हिम्मत मिल्छ। ‘लेखकको आत्महत्या’ले उठाएका प्रश्न पुस्तकभित्र मैले वर्णन नगरेका ‘पुरानो हुँदैन माया’, ‘पिँजडाको सुगा’, ‘प्रेमः एक विश्वास’, ‘लेखकको आत्महत्या’, ‘छोरा मार्ने आमाको बयान’ र ‘डान्सबारमा छापा’ जस्ता थुप्रै कथा छन्। लेख्दालेख्दै समीक्षा लामो भएको महसुस भयो। म एक पाठकले प्रतिक्रिया दिँदा नै यति लामो लेख्न थालेँ भने समालोचकले त झन् के गर्लान्? अहिलेको व्यस्त समयमा लामो लेख पढ्ने पाठक पनि कमै भेटिन्छन्। त्यसैले मेरो छोटो पाठकीय प्रतिक्रिया यहीँ बिट मार्ने विचार गरेकी थिएँ। यति भन्दै गर्दा पनि मलाई ‘लेखकको आत्महत्या’ कथाबारे थोरै वर्णन गर्न मन लाग्यो। यो कथा काल्पनिक भए पनि समयसापेक्ष लाग्यो। पुराना लेखकहरूले नयाँ लेखक अथवा युवा पुस्ताबारे कस्तो धारणा राख्छन् भन्ने कुरा यसमा आएको छ। अर्को कुरा, अभावमा मान्छेले केसम्म गर्न सक्छ भन्ने पनि एक नारी पात्रमार्फत प्रस्तुत गरिएको छ। विलासितामा कसरी श्रीसम्पत्ति स्वाहा हुन्छ भन्ने देखाउन खोजेको पनि हुन सक्छ। आर्थिक अवस्था कमजोर भएकी ती किशोरीले आफ्नो पढाइ पूरा गर्न ५० हजार रुपैयाँमा आफ्नो कुमारित्व बेच्ने विज्ञापन पत्रिकामा राख्नु चानचुने कुरा होइन। पाठकले यसलाई आ-आफ्नै ढङ्गले व्याख्या गर्लान्। तर, मेरो विचारमा यसले महँगा विद्यालय र कलेज सञ्चालन गरेर शिक्षालाई व्यापार बनाउने निकायलाई लक्षित गर्दै राज्यको ध्यानाकर्षण गराएको छ। यमराज लिन आउँदा उही किशोरीलाई आफूसँग भएको ५० हजार रुपैयाँ दिएर एक रात बिताउने अन्तिम इच्छा बुढा लेखकले यमराजसामु राख्दा म त छक्क परेँ। लिन आएका यमराज त हेरेको हे¥यै भए! जिन्दगीभर कमाएको सम्पत्ति एकै रातका लागि मात्र हो त? यो कथाले के भन्न खोजेको होला भन्ने अनेक प्रश्न एकैचोटि मेरो मथिङ्गलमा फनफनी घुमिरहे। यसले मर्ने बेलासम्म पनि आफ्ना इच्छा-चाहना पूरा हुँदैनन् भन्ने सन्देश दिएको हो कि जस्तो लाग्यो। अर्को कुरा, विलासितामा कसरी श्रीसम्पत्ति स्वाहा हुन्छ भन्ने देखाउन खोजेको पनि हुन सक्छ। मैले यति नै बुझेँ, बाँकी तपाईंहरूलाई छोडेकी छु। किताब पढ्नुहोला। रैथानेपन र सामाजिक चेतनाको सङ्गम समग्रमा ‘पेनिबा’ कथा सङ्ग्रहभित्र निकै राम्रा कथा छन्। लेखकको लेखनशैली र प्रस्तुति फरक छ। उनीभित्र राजनीतिक चेत छ, देशको चिन्ता छ, परिवार र साथीसङ्गीको चिन्ता छ। आफू नेपाली हुनुमा गर्व गर्छन् र आफ्ना कुरा पाठकमाझ खुलेर राख्छन्। उनी शालीन छन्, उनीभित्र धैर्य छ। उनको भनाइबाट थाहा पाएँ- हङकङ आउनुअघि उनी एक राम्रा पत्रकार पनि रहिसकेका रहेछन्। सुरेश भाइले साहित्य क्षेत्रमा पुस्तक ल्याएर आफ्नो दह्रो उपस्थिति जनाइसकेका छन्। निरन्तरताको शुभकामनासहित धेरै-धेरै बधाई! (हाल हङकङमा बस्दै आएकी लेखक जानु काम्बाङ लिम्बूका निबन्ध सङ्ग्रह ‘फ्लाइण्डर्स फिल्डमा तमोरका सुसेलीहरू’ र उपन्यास ‘खाम्योक’ प्रकाशित छन्।)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित
ताजा खबरJust now

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि २-० गोलको जित निकालेको छ । खेलको १३ औँ मिनेटमै क्रिस्टल प्यालेसका जिन-फिलिप मटेटाले रातो कार्ड खाँदै मैदान छाडेपछि प्यालेस १०... ...

रातोपाटी
स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग
ताजा खबरJust now

स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग

जुम्ला । कर्णाली प्रदेशमा स्याउ विकास बोर्डको स्थापना तथा सञ्चालन सम्बन्धमा जुम्लाका सरोकारवालासँग शनिबार राय सुझावको माग गरिएको छ । स्याउ संसदीय स्याउ सरोकार समूहको अयोजना तथा कर्णाली प्रदेश सरकार भूमि... ...

रातोपाटी
लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा
ताजा खबरJust now

लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले लेभान्टेमाथि २–० गोलको जित निकालेको छ । एट्लेटिकोको जितमा अलेहान्द्रो ग्रिमाल्डो र गियुलियानो सिमिओनीले एकरएक गोल गरे । खेलको ३६ औँ मिनेटमा... ...

रातोपाटी
लिड्समाथि बर्नमाउथको सहज जित
ताजा खबरJust now

लिड्समाथि बर्नमाउथको सहज जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिड्समाथि २–० गोलको जित निकालेको छ । बर्नमाउथलाई जित दिलाउन इभानिल्सन र अमिन अदलीले एक–एक गोल गरे । नेपाली समय अनुसार शनिबार राति सम्पन्न खेलको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play