काभ्रे।नेपाल संवत् ११४७ को अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली निकालिएको छ। पनौती नेपालद्वारा आयोजित र्यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो। र्यालीमा विभिन्न जातजाति तथा समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो। पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले भिन्तुना र्याली नेवार समुदायको एकतामा मात्र सीमित नराखी सबै जातजाति र समुदाय बीच एकता तथा सद्भाव कायम गर्ने उद्देश्यले आयोजना गरिएको बताए। उनले सबै जातजातिका चाडपर्वलाई साझा उत्सवका रूपमा विकास गर्दै एउटै मूलधारमा जोड्नु पर्ने बताए। नेपाल संवतको ऐतिहासिक महत्वसँगै पनौतीको सम्पदा, मठमन्दिर तथा मौलिक संस्कृतिको संरक्षण र विकासमा नगरपालिकाले ध्यान दिने उनले उल्लेख गरे।
पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली

Read Complete Original Article
Published originally on नेपालन्युज






