Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

कमला पुल निर्माण अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कमला पुल निर्माण अन्तिम चरणमा
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम।तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वर्षौंदेखि पुल सञ्चालनको प्रतीक्षामा रहेका दुवै जिल्लाका स्थानीयवासी निर्माणकार्यले अन्तिम रूप लिन थालेपछि उत्साहित भएका छन्। पुल माथिको ढलानको काम सम्पन्न भइसको र पुललाई दुबै तर्फबाट जोड्न माटो हाल्ने काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले बताए। माटो फिलिङको काम सकिएपछि पुल मंसिर पहिलो सातादेखि बाट पूर्णरूपमा सञ्चालन गरिने प्रमुख महतोले बताए। यस्तै हुलाकी सडक अन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्मको सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना खाली गराएको छ। प्रमुख महतोका अनुसार सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, घुम्ती पसललगायत संरचना हटाएर सडक खाली गराइएको छ। पटक पटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि बाध्य भएर डोजर प्रयोग गरेर संरचना हटाइएको प्रमुख महतोको भनाइ छ। विसं २०६८ मा कमला पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो। विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि निर्माण सम्पन्न हुन सकेको थिएन। पुल जीर्ण भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो। पुल पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि निर्माणले गति लिएको प्रमुख महतोले बताए। पुलका दुवैतर्फ पुग्ने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मंसिरदेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माणकार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ। कमला नदीमा पुल नहुँदा तथा पुरानो पुलबाट आवतजावतमा समस्या भएपछि सिरहा र धनुषाका बासिन्दाले लामो समयदेखि सास्ती भोग्दै आएका थिए। विशेष गरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा स्थानीयवासीलाई आवतजावत गर्न डुङ्गा चढ्नु पर्ने अवस्था थियो। कतिपय अवस्थामा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता रहँदै आएको थियो। पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सिरहा र धनुषाबीचको यातायात सम्पर्क थप सहज हुने धनुषाको कमला नगरपालिकाका स्थानीय सुमनकुमार यादवले बताए। यसबाट दैनिक कामकाज, शिक्षा, स्वास्थ्य सेवा, व्यापार तथा अन्य सामाजिक गतिविधिका लागि एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन्। कमला पुल सञ्चालनमा आउनु दुई जिल्लाका बासिन्दाका लागि यातायात सुविधामा सुधार मात्र नभई आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारको महत्वपूर्ण आधार बन्ने देखिन्छ। विशेष गरी कृषि उपज, स्थानीय उत्पादन तथा व्यापारिक सामग्रीको ढुवानी सहज हुँदा स्थानीय बजार र व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इन्धन महँगिँदा युरोपमा उडान कटौती, भाडा बढ्ने संकेत
Latest NewsJust now

इन्धन महँगिँदा युरोपमा उडान कटौती, भाडा बढ्ने संकेत

वार्सा।हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ। बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसमका लागि उडान संख्या घटाउनुका साथै विस्तारका योजना समेत स्थगित गर्न थालेका छन्। इन्धनको मूल्यवृद्धि, कमजोर उपभोक्ता विश्वास र बजारमा बढ्दो अनिश्चितताले युरोपेली उड्डयन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ। कम्पनीहरूले खर्च नियन्त्रण र नाफा जोगाउन ...

नेपालन्युज
सुडानको दक्षिणपूर्वी क्षेत्रमा ड्रोन आक्रमण, ९ जनाको मृत्यु
Latest NewsJust now

सुडानको दक्षिणपूर्वी क्षेत्रमा ड्रोन आक्रमण, ९ जनाको मृत्यु

काठमाडाैँ । सुडानको दक्षिणपूर्वी ब्लु नाइल राज्यमा मंगलबार भएको ड्रोन आक्रमणमा परी नौ जना विस्थापित नागरिकको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार विस्थापित नागरिकहरू कुर्मुक... ...

रातोपाटी
चीनद्वारा युरोपेली संघसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान
Latest NewsJust now

चीनद्वारा युरोपेली संघसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान

बेइजिङ – चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली संघ (ईयू) बिचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने तर टकरावले दुवैलाई नोक्सान हुने बताएका छन् । उनले प्रमुख व्यापारिक साझेदार चीन र ईयूबिच स्थिर तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्न संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए । फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जाँ–नोएल बारोटसँग मंगलबार भएको टेलिफोन […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play