पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन

चितवन। शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिइएको छ। शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षकहरूलाई सो निर्देशन जारी गरेको हो। इकाईले जिल्लाका सबै विद्यालयलाई पत्राचार गर्दै प्रचलित कानुनी व्यवस्था र आचारसंहिताको पूर्णपालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न निर्देशन दिएको हो। इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले कानुन तथा नियममा भएका व्यवस्थाबारे स्मरण गराउँदै शिक्षक तथा कर्मचारीलाई सचेत गराइएको बताए। जिल्लाका केही शिक्षक तथा कर्मचारीले पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भनी विभिन्न माध्यमबाट गुनासा प्राप्त भएकाले यस विषयमा सचेत गराइएको उनले बताए। उनले भने, “कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो। यसको पालना गर्न सबैले पर्दछ।” शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (घ) तथा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा भएका व्यवस्थाको स्मरण गराउँदै इकाईले शिक्षक तथा कर्मचारीलाई कानुनी प्रावधानको पालना गर्न आग्रह गरेको हो। उक्त व्यवस्थाअनुसार नेपाल सरकार र नेपाली जनताको सम्बन्धमा खलल पार्ने गरी बेनामी वा काल्पनिक नामबाट लेख प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमार्फत भाषण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य दिने कार्यमा निषेधात्मक व्यवस्था रहेको निर्देशनमा उल्लेख छ। शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम शिक्षक तथा कर्मचारीले आचारसंहिताको पालना गरे / नगरेको विषयमा प्रभावकारी नियमन तथा अनुगमन गर्न पनि इकाईले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङमा
कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरालाई ब्याटिङको निम्तो दिएका छन्। ...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे: पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
काठमाडाैँ । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको मङ्गलबार सम्पन्न २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिएका हुन्। अध्यक्ष ढकालका अनुसार केबलकार यात्रा ...

म्यानपावर व्यवसायी गुरुङलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले म्यानपावर व्यवसायी रविन गुरुङलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । मलेसियामा नेपाली कामदार पठाउन छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकमध्ये पक्राउ परेका गुरुङलाई क्षेत्राधिकार नभएको निकायबाट पक्राउ अनुमति लिएर हिरासतमा राखिएको भन्दै सर्वोच्चले थुनालाई गैरकानुनी ठहर गरेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले बुधबार गुरुङको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट जारी गर्दै उनलाई थुनामुक्त ...

शिक्षकको विशेष बढुवा अधिकार जिल्लाकै शिक्षा इकाइलाई
काठमाडौँ । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ । नयाँ व्यवस्थाअनुसार आवश्यक कागजात र प्रमाणको जाँचबुझ गरी उपयुक्त देखिएमा विशेष बढुवा गर्न... ...


