काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकैबाट प्रहरीले २३७।१७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार हिजो साँझ ५ः४० बजे अमलेखगञ्जबाटपथलैयातर्फ जाँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले गाडी नरोकी भागेका थिए । गाडीलाई पछ्याउने क्रममा दुधौरा खोलाको पुलपारि जंगलछेउमा चालकले इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए । खोजीका क्रममा चालक भागेको दिशातर्फ एक थान किप्याड मोबाइल भने फेला परेको थियो । नियन्त्रणमा लिइएको गाडी चेकजाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा २३७।१७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पथलैयामा २३७ किलो गाँजा बरामद, चालक फरार

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






