पत्रकार विश्वमणि सुवेदी र शोभराज बराल पक्राउ

काठमाडौं। प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित उनको कार्यालयबाटै पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। साइबर ब्युरोका अधिकारीहरूका अनुसार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित प्रकाशित समाचारबारे सोधपुछ गर्न उनलाई पक्राउ गरिएको हो। केही दिनअघि नेपाल प्रेसले सरकारले महानिरीक्षक कार्कीलाई पदबाट हटाउन खोजेको र सो विषयमा कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित गरेको थियो। उक्त समाचारसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि सुवेदीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। यसैबीच, प्रहरीले आजै अर्का पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको छ। एउटै दिन दुई पत्रकार पक्राउ परेपछि सञ्चार क्षेत्रमा यस विषयले चासो बढाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

प्रधानमन्त्रीको निर्देशनपछि पत्रकार विश्वमणि सुवेदी रिहा
काठमाण्डु- नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयबाट आएको निर्देशनपछि उनलाई प्रहरीले रिहा गरेको नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेलले जानकारी दिएका छन्। सुवेदीलाई शुक्रबार नेपाल प्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। सादा पोसाकमा आएका प्रहरीहरूले उनलाई पक्राउ गरेका थिए। नेपाल प्रेसले प्रकाशित गरेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको राजीनामासम्बन्धी […] ...

पत्रकारहरूको गिरफ्तारीप्रति नेपाल बारसहित विभिन्न राजनीतिक दलका नेताको ध्यानाकर्षण
• नेपाल प्रहरीले पत्रकारलाई पक्राउ गर्दा विभिन्न राजनीतिक दल र नेपाल बार एशोसिएनले आपत्ति जनाएका छन्, जसले शाही शासनकालको झल्को दिएको भन्दै आलोचना गरिएको छ। • पत्रकारमाथि धरपकड र हिरासतको बाटो अपनाउनु लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रहार भएको उल्लेख गर्दै विभिन्न नेताले प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा जोड दिएका छन्। • सञ्चारमाध्यममा छापा मार्ने र पत्रकारलाई लक्षित गर्ने सरकारको कार्यशैलीलाई ...

समाचारकै विषयमा प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलमार्फत समाधान खोज्न सरकारलाई काउन्सिलको आग्रह
• प्रेस काउन्सिल नेपालले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै आपत्ति जनाएको छ। • पक्राउको कारण, पक्राउ पुर्जी र अदालतको अनुमति नदेखाइएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिजनक विषय भएको काउन्सिलको भनाइ छ। • काउन्सिलले नेपाल सरकार र प्रहरी प्रशासनलाई काउन्सिलको विधि र प्रक्रियाबाट समाधान खोज्न आग्रह गर्दै नियन्त्रणमा लिइएका पत्रकारको अवस्था सार्वजनिक गर्न र कानुनी आधारबिना नियन्त्रणमा राखिएको ...
.jpeg)
कालीगण्डकी बाढीले क्षतिग्रस्त पक्की पर्खाल पुननिर्माणको तयारी
ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी) कात्तिक १३ गते । असोज दोस्रो साता कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि निर्माण गरिएको क्षतिग्रस्त पक्की पर्खाल र रिङरोड पुनर्निर... ...


