पत्रकार पक्राउप्रति गगन थापाको बालेन सरकारमाथि आक्रोश, भने– ‘शाहीकालको निरंकुशताको झल्को आयो’

<p>काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै थापाले पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति तत्काल बन्द गर्न सरकारसँग माग गरेका हुन्।<p>उनले भनेका छन्, ‘जनदबाबपछि रिहाइ भन्दा कानुनविपरीत पक्राउ र ह्यारेसमेन्ट बन्द गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ।’समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालको निरंकुशताको झल्को दिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।</p><p>पत्रकार वा सञ्चारमाध्यमबाट गल्ती भए प्रेस काउन्सिललगायत स्थापित कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्ने उनको भनाइ छ।कांग्रेसले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल रोक्न, पत्रकारहरूको संवैधानिक अधिकार सुनिश्चित गर्न र कानुनविपरीतका कदम सच्याउन सरकारसँग माग गरेको छ।</p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

कोप–३१ मा विपक्षी दलका प्रतिनिधिलाई पनि सहभागी गराउने सरकारको तयारी
१४ कात्तिक, काठमाडौं । सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले यस्तो तयारी गरेको हो । यसैक्रममा… ...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने
नेपाल विद्युत प्राधिकरणले केरौन १३२र३३ के.भि. सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म (८ घण्टा) झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाहरूको सम्पूर्ण भागहरू तथा मोरङ जिल्लाको उर्लाबारी र पथरी आसपासका क्षेत्रहरूमा पूर्ण वा आंशिक रूपमा विद्युत आपूर्ति बन्द ...

‘एलिफेन्ट्स इन द फग’लाई अस्ट्रेलियामा सफलता, पुष्पा थिङले जितिन् उत्कृष्ट अभिनयको अवार्ड
१४ कात्तिक, अस्ट्रेलिया । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले अस्ट्रेलियाको गोल्ड कोस्टमा शुक्रबार (अक्टोबर ३०) आयोजित १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा सफलता हासिल गरेको छ। चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले उत्कृष्ट अभिनय विधाको अवार्ड जितेकी छन्। एसिया प्रशान्त क्षेत्रका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गरिने यस अवार्डमा पुष्पाको जितले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय… ...

नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै भैरहवा
भैरहवाको पुरानो बजारमा अहिले पनि व्यापारिक इतिहासका अनेक कथा भेटिन्छन् । कुनै समय ढुंगैढुंगाको बाटो, फुसका घर, झाडी र छरिएका बस्तीबीच सीमित रहेको भैरहवा आज उद्योग, व्यापार, स्वास्थ्य सेवा, शिक्षा र पर्यटनको केन्द्र बनेको छ । यहाँका पुराना व्यवसायी नारायणप्रसाद अग्रवाललाई बाल्यकालको भैरहवा सम्झँदा अहिलेको सहरको स्वरुप निकै फरक लाग्छ । “त्यतिबेला भैरहवा अरु गाउँभन्दा अलिकति राम्रो गाउँजस्तै थियो,” वि.सं. २००५ ...


