पत्रकार पक्राउ प्रकरणमा बालेनको सचिवालयको प्रतिक्रिया– ‘थाहा पाउनासाथ रिहा गर्न निर्देशन दियौँ’

ठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री तथा उनको कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालले पत्रकार पक्राउबारे प्रधानमन्त्री कार्यालयलाई पूर्वजानकारी नभएको बताएकी छन्।

उनले भनिन्, ‘पत्रकार पक्राउ परेको सम्बन्धमा प्रधानमन्त्रीज्यूको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालय संलग्न छैन। यसबारे कुनै पनि जानकारी हामीलाई प्राप्त भएको थिएन।’

घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको दाहालले बताएकी छन्।त्यस्तै, सरकारका एक मन्त्रीले समेत पत्रकार पक्राउको विषयमा सरकारलाई जानकारी नभएको र प्रहरीतर्फबाटै गतिविधि भएको देखिएको प्रतिक्रिया दिएका छन्।

शुक्रबार प्रहरीले नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनए खबरका धिरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।

पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाप्रति राजनीतिक दल, पत्रकार तथा विभिन्न संघसंस्थाले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकारसँग माग गरेका छन्।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल पु¥याइएको छ । सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार अस्पताल लगिएको हो । पानी मात्र पिएर सत्याग्रहमा रहेका केसीको रगतमा चिनी (सुगर) को मात्रा घटेको र बोल्नसमेत कठिनाइ भएको छ । उनको स्वास्थ्य अवस्था कमजोर ...

वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध, केहीमा एकतर्फी यातायात
लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार आइतबार बिहान ७ बजेसम्म ललितपुर, खोटाङ, काभ्रे, गोरखा, मुस्ताङ, पाल्पा र सुर्खेतका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँडुर र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, ललितपुर महानगरपालिका–२ बल्खुको सुन्दरीघाटस्थित बागमती करिडोर पनि अविरल वर्षाका कारण पूर्ण रूपमा ...

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
१५ कात्तिक, काठमाडौँ । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार वर्षा र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध बनेको जनाइएको छ । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं… ...

पेट्रोलियम पदार्थमा दैनिक १५ करोड घाटा : निगमका कार्यकारी निर्देशक साह
१५ कात्तिक, जनकपुरधाम । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढे पनि सरकारले उपभोक्तालाई सहज मूल्यमा इन्धन उपलब्ध गराइरहेको बताएका छन् । शनिबार बर्दिबासमा भएको पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीको छैटौँ साधारणसभाको उद्घाटन गर्दै उनले निगमले दैनिक करिब २५ करोड रुपैयाँ घाटा व्यहोरेर पेट्रोल र डिजेल बिक्री गरिरहेको बताए… ...